साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शून्यजस्तै उज्यालो कटेरो

कता हो कता हो चरो चिर्बिरायो मझेरी जमेको झझल्को दिलायो । छिटै फर्क भन्दै छ पाखोपखेरो भयो शून्यजस्तै उज्यालो कटेरो ।।

Nepal Telecom ad

लालबाबु पोखरेल :

थियो स्वर्ग बेग्लै सबै साथ बस्ता
थिए हात पुछ्‌ने यहाँ आँसु खस्ता ।
बन्यो आज पानीबिनाको पँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।१।।

असारे झरीमा छ छानो चुहेको
छ आत्मा निमोठेर भित्रै सम्झेको ।
बसेको छु एक्लै कुरी यो मटेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।२।।

उमङ्गी, सुगन्धी कहाँ पर्व आयो
छ सन्तान भन्थें कहाँ गर्व छायो ।
छ आशा ढलेको निभेझै ठडेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ॥३॥

सुनाऊँ कहानी यहाँ को छ आफ्नु
छिमेकी छ उस्तै कहाँ अग्नि ताप्नु ।
जहाँ हेर्छु उस्तै अँधेरै अँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ॥४।।

समाएर लौरो दुई पाउ टेक्छु
चुसी घामछाया क्षुधा, प्यास मेट्छु ।
भयो जिन्दगी यो मलाई हतेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।५।।

कता हो कता हो चरो चिर्बिरायो
मझेरी जमेको झझल्को दिलायो ।
छिटै फर्क भन्दै छ पाखोपखेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।६।।

०००
हाल, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सयौँ पीडा खेपी

सयौँ पीडा खेपी

लालबाबु शर्मा पोखरेल
वैतरणी तर्न थाले

वैतरणी तर्न थाले

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x