भावना न्याैपानेआमालाई पाइँन
मैले उदाउदै गरेको सूर्यमा खोजेँ आमालाई पाइँन। आमा त सदैव मभित्र हुनुहुन्छ मैले त पत्तै पाइँन।
भावना न्याैपाने :
मैले घरमा खोजेँ आमालाई पाइँन।
मैले आँगनमा खोजेँ आमालाई पाइँन।
मैले पिँडीमा खोजेँ आमालाई पाइँन।
मैले चोटामा कोठामा खोजेँ आमालाई पाइँन।
मैले ओछ्यानमा खोजेँ आमालाई पाइँन।
मैले भण्डारमा खोजेँ आमालाई पाइँन।
मैले भान्छाकोठामा खोजेँ आमालाई पाइँन।
मैले पँधेरोमा खोजेँ आमालाई पाइँन।
मैले उकाली ओरालीमा खोजेँ आमालाई पाइँन।
मैले दौराली भञ्ज्याङमा खोजेँ आमालाई पाइँन।
मैले खेतबारी खोजेँ आमालाई पाइँन।
मैले हावामा खोजेँ आमालाई पाइँन।
मैले पानीमा खोजेँ आमालाई पाइँन।
मैले उदाउदै गरेको सूर्यमा खोजेँ आमालाई पाइँन।
आमा त सदैव मभित्र हुनुहुन्छ मैले त पत्तै पाइँन।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































