पुरूषाेत्तम सिग्देलमाेती
बाँच्याै बचाइराख्याै भाषा र भानुसम्म डाेरी बनेर बाँध्याै माेती बलाबलामा के नै गराैँ प्रशंसा वाणी रहेन पुग्ने छाै धुक्धुकी सबैका माेती गरेँ सलाम ।
पुरूषाेत्तम सिग्देल :
फाँकी भरेर नाैला माेती कलाकलामा
लाऊँ कि वर्णमाला माेती गलागलामा
के भानु भानु हुन्थे ? खारी दियाै चिनारी
ताैलेर सिर्जनाका माेती तुलातुलामा
हुन् मूर्ति मन्दिरैका चिल्ला बनी कुँदेका
भर्लान् कि लाग्छ बाेली माेती शिलाशिलामा
श्रृङ्गारले सिँगारी बाेकेर पात्र नारी
भाका मिठास भर्छाै माेती पलापलामा
व्यङ्गीय चेतनाका उत्कृष्टका पुजारी
जादूगरी छ भारी माेती फुल्याै हिलामा
सेवानिमित्त भाषा माेती त मण्डली थे
उक्ल्याै कि काव्य लिस्नाे माेती तलातलामा
जम्मा गरेर साथी खाेलेर छापखाना
ना-याै कि शब्ददाईँ माेती खलाखलामा
छाेटाे उमेर लामाे सन्दृष्टि दूरदर्शी
झल्का दिँदाे छ ऐले माेती पलापलामा
बाँच्याै बचाइराख्याै भाषा र भानुसम्म
डाेरी बनेर बाँध्याै माेती बलाबलामा
के नै गराैँ प्रशंसा वाणी रहेन पुग्ने
छाै धुक्धुकी सबैका माेती गरेँ सलाम ।
०००
काठमाडाैं
२०८३/५/२६ ।
Subscribe
Login
0 Comments
Oldest





































