पुरूषाेत्तम सिग्देलहुँदैन कल्याण जरा नफाली
थाप्ने कहाँ जाल रहेछ चङ्ख ढाेक्सा छ थाप्ने धनकाे दुवाली । थाेत्रा कवाडी गर फेरि जम्मा जलून् कि भागून् सब फालहाली ।

पुरूषाेत्तम सिग्देल :
अन्यायले शासन गर्छ जाली
हुँदैन कल्याण जरा नफाली
हाे देश याे सुन्दर फूलबारी
उजाड पार्नेछ अयाेग्य माली
गराैँ भराेसा न कुनै छ चाेखाे ?
जाे राज्य, न्यायालय छन् सम्हाली
हाे सिंहदर्बार त घार माैरी
घुसी अरिङ्गाल छ खील हाली
धाेक्राे भरे, भित्र बनेछ खाेक्राे
गुदी निले दुष्ट किरा पसाली
बाेली गुलाबी व्यवहार काँढा
घाेच्ने तिखा दन्त रहेछ पाली
ठान्याे बपाैती सरि काेष आफ्नाे
लुँड्याउने दाउ रहेछ खालि
थाप्ने कहाँ जाल रहेछ चङ्ख
ढाेक्सा छ थाप्ने धनकाे दुवाली
थाेत्रा कवाडी गर फेरि जम्मा
जलून् कि भागून् सब फालहाली
सपूत हाे ! निस्क ध्वजा उचाली
घन्काउ नारा अब लाै उराली ।
०००
२०८३/ ०४/०६ ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































