नदी भट्टराईछ बाँकी चिनारी र बाटो लजायो
कटाक्षार्थ भाषा रमाएँ नबुझ्दा यही काल आभा उपल्लो लजायो -५ सधैँ देख्न पाऊँ पधेँरी बगैँचा त्यतै बोल्न खोज्थेँ र नातो लजायो ।
नदी भट्टराई
नजरमा हराएँ बदन त्यो लजायो
नयनमा मुनाझैँ मदन पो लजायो -१
सधैँ देख्छु उनको उज्यालो कलेवर
उता चन्द्रमाको कला जो लजायो -२
घडेरी छ दिलको मझेरी समीप
छ बाँकी चिनारी र बाटो लजायो -३
म सुन्दैछु बोली अरूमाझ नौनी
ममा मोहिनीको झझल्को लजायो -४
कटाक्षार्थ भाषा रमाएँ नबुझ्दा
यही काल आभा उपल्लो लजायो -५
सधैँ देख्न पाऊँ पधेँरी बगैँचा
त्यतै बोल्न खोज्थेँ र नातो लजायो -६
बिहानी सुनौलो धरा लाग्छ खास
उनी हुन् कि गोधूलि चासो लजायो -७
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest





































