साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्धा मरे आखिर

नेताको घरमा विराम तनया छुट्टै सभा बस्दछन् हर्केको परिवार मृत्युसँग छन् नेता सुरा पस्दछन्‌ । बाटो द्रव्य कता छ वैद्य सजिलो पाइन्न लौ डाक्टर बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥

Nepal Telecom ad

नदी भट्टराई :

हाम्रा सन्ततिमा बराबर हुने आतङ्क वा द्वन्द्वले
गर्दैनन् फलिफाप सज्जनहरूलाई सदा बन्दले ।
रित्तो पेट सधैँ अपूर्ण जनको बुझ्ने यहाँ को छ र
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥१॥

गाली वा झगडा जुनै समयमा गर्दा हुने कानुन
पैसामा सब सत्य नै भुलिदिने सस्तो भयो जीवन ।
जित्नेको जनजिन्दगी सहर भो हार्नेहरूको घर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥२॥

मान्छे मानवताबिहीन हुनगो कर्मादिले राक्षसी
खोेक्रो चिन्तनले भयो मुलुक यो सत्ता भयो जासुसी ।
सग्लो यो घर थ्यो चिरा भइदिइन् सन्तानको खातिर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥३॥

नाता भेट्न सकिन्न आज किन हो आफन्तको देहमा
आफ्नो भन्न सकिन्न झट्ट सजिलै आफन्तको भेटमा ।
यो कस्तो दिन हो विभेद चुलिँदै बझ्नै नसक्ने तर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥४॥

आस्था एक थियो सदा जतनको श्रद्धा थियो विष्णुको
त्यो बेला पनि जोतिए गरिब नै भक्तालु भै राष्ट्रको ।
पञ्चास्था जब सूल भो रहरको छोडौँ न प्‌mयाकौँ पर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥५॥

आलो यो गणतन्त्रमा सहजले पच्दैन खाना पनि
धर्मात्मा जनता सफा शहरमा भेटिन्न खोज्दा पनि ।
धेरैले अब क्रान्तिको बिउ छरे भाँचेर त्यो पत्थर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥६॥

नेताको घरमा विराम तनया छुट्टै सभा बस्दछन्
हर्केको परिवार मृत्युसँग छन् नेता सुरा पस्दछन्‌ ।
बाटो द्रव्य कता छ वैद्य सजिलो पाइन्न लौ डाक्टर
बाँच्ने आश हुँदा अभावबिचमा निर्धा मरे आखिर ॥७॥

०००
इलाम

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गाेपाल प्रसाद दाहाल झापा दमक-५
गाेपाल प्रसाद दाहाल झापा दमक-५
5 months ago

रचना सुन्दर र मिठाई जस्तै छ।तर चौथाे र पाँचौं श्लाेककाे तेस्राे तेस्राे हरफमा थाेरै सच्याउनु पर्छ कि जस्ताे छ।

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x