नदी भट्टराईबाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोेडेपछि
हाम्रो कर्म र सीपको सम हुने छैनन् कुनै दर्पण आफ्नै कर्म गराैँ जुटौँ सहजले भन्ने इरादा क्षण । आमा नै भवक्रान्ति हो रहरको हामी नटेरेपछि बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥
नदी भट्टराई :
कुल्च्यौ मग्न भएर मातृउरमा सम्झी अरूको थलो
लुट्यौँ टन्न भयाैँ छिमेक जसरी मेट्यौँ नयाँ पाइलो ।
आफ्नो बैँस उमेर जीवन छँदा भण्डार तोडेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोेडेपछि ॥१॥
नेपाली घरस्वर्ग हो हृदयमा हेर्ने कला भैदिए
हामी हौँ मनुका प्रजा भुवनमा बझ्ने कला भैदिए ।
हाम्रा छन् बसमा उदात्त गरिमा पूर्खा नसोधेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥२॥
भाषा छन् रसनासँगै लहरिई फुल्ने नयाँ भेषमा
मान्छे जात र धर्मकर्मसँगको बस्छन् यहीँ देशमा ।
छन् पीयूष जताततै प्रकृतिमा चाख्नै नचाहेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥३॥
गर्दैनौंँ ममता भलाइ त हुने कर्मादि यो ब्रह्मले
सोचे हुुन्छ विशाल काय शिवको सामू परी ध्यानले ।
‘एक्लो बाँच्न सकौँ मरुन् सब अरू’ इच्छा पलाएपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥४॥
खाने अन्न तथा जलाशय सयाँै पानी पँधेरोे यहीं
ऊर्जाशील नदी सिँचाइ कृषिमा आवास राम्रो यहीं ।
यी सम्पूर्ण कृयाकलाप गतिमा चासो नराखेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥५॥
हाम्रो कर्म र सीपको सम हुने छैनन् कुनै दर्पण
आफ्नै कर्म गराँै जुटौँ सहजले भन्ने इरादा क्षण ।
आमा नै भवक्रान्ति हो रहरको हामी नटेरेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥६॥
०००
सूर्योदय, इलाम
Subscribe
Login
0 Comments
Oldest







































