साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोेडेपछि

हाम्रो कर्म र सीपको सम हुने छैनन् कुनै दर्पण आफ्नै कर्म गराैँ जुटौँ सहजले भन्ने इरादा क्षण । आमा नै भवक्रान्ति हो रहरको हामी नटेरेपछि बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥

Nepal Telecom ad

नदी भट्टराई :

कुल्च्यौ मग्न भएर मातृउरमा सम्झी अरूको थलो
लुट्यौँ टन्न भयाैँ छिमेक जसरी मेट्यौँ नयाँ पाइलो ।
आफ्नो बैँस उमेर जीवन छँदा भण्डार तोडेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोेडेपछि ॥१॥

नेपाली घरस्वर्ग हो हृदयमा हेर्ने कला भैदिए
हामी हौँ मनुका प्रजा भुवनमा बझ्ने कला भैदिए ।
हाम्रा छन् बसमा उदात्त गरिमा पूर्खा नसोधेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥२॥

भाषा छन् रसनासँगै लहरिई फुल्ने नयाँ भेषमा
मान्छे जात र धर्मकर्मसँगको बस्छन् यहीँ देशमा ।
छन् पीयूष जताततै प्रकृतिमा चाख्नै नचाहेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥३॥

गर्दैनौंँ ममता भलाइ त हुने कर्मादि यो ब्रह्‌मले
सोचे हुुन्छ विशाल काय शिवको सामू परी ध्यानले ।
‘एक्लो बाँच्न सकौँ मरुन् सब अरू’ इच्छा पलाएपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥४॥

खाने अन्न तथा जलाशय सयाँै पानी पँधेरोे यहीं
ऊर्जाशील नदी सिँचाइ कृषिमा आवास राम्रो यहीं ।
यी सम्पूर्ण कृयाकलाप गतिमा चासो नराखेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥५॥

हाम्रो कर्म र सीपको सम हुने छैनन् कुनै दर्पण
आफ्नै कर्म गराँै जुटौँ सहजले भन्ने इरादा क्षण ।
आमा नै भवक्रान्ति हो रहरको हामी नटेरेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नगोडेपछि ॥६॥

०००
सूर्योदय, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x