साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशिष्ट साधकद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारती सम्मानित

कार्यक्रममा नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारतीलाई सम्मानपत्र तथा खादा–मालाबाट अभिनन्दन गरिएको छ।

Nepal Telecom ad

नेपालगञ्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा आज नेपालगन्जमा एक विशेष साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारतीलाई सम्मानपत्र तथा खादा–मालाबाट अभिनन्दन गरिएको छ।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष र नेपाल स्रष्टा समाजका अध्यक्ष, गोरखापत्र संस्थानका पूर्व प्रधानसम्पादक तथा ‘मधुपर्क’का पूर्व सम्पादक ‘रोदन’लाई नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो। लामो समयदेखि साहित्यमा सक्रिय उनका ‘अर्थहीन अर्थहरू’ र ‘समयका सम्भावनाहरू’ (निबन्धसंग्रह), ‘समुद्र वारि समुद्र पारि’, र ‘नबिर्सने दिनहरू’ (नियात्रा), ‘ललिता’ (कवितासङ्ग्रह) तथा ‘आँखीझ्याल’(लघुकथा), ‘अभिवन्द्यु व्यक्तिनिबन्धसङ्ग्रह) लगायतका थुप्रै कृतिहरू प्रकाशित छन्।

यसैगरी, उपन्यास विधामा दशकौंदेखि निरन्तर कलम चलाउँदै आएका उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीलाई पनि सोही मञ्चमा सम्मान अर्पण गरिएको थियो। ‘अनुपम देवता’, ‘अर्को जुनी’, र ‘प्रेम तपस्या’ लगायत उपन्यास मार्फत साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।

भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राज्ञ सनत रेग्मी र विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले स्रष्टाहरूलाई संयुक्त रूपमा सम्मानपत्र, टीका र खादा प्रदान गर्नुभएको थियो। सोही अवसरमा भारतको महाराष्ट्र (नासिक) बाट आमन्त्रित साहित्यकार दम्पती डा.राजेन्द्र खटाटे र मनीषा खटाटेलाई समेत विशेष सम्मान गरिएको थियो।

समाजका वरिष्ठ सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सुन्दर गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिद्वय प्राज्ञ खगेन्द्र गिरी कोपिला, प्राज्ञ किरण आचार्य र प्रा.डा. कृष्णप्रसाद घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा, सम्मानित स्रष्टाद्वय ‘रोदन’ र भारतीले आफ्नो साहित्यिक यात्राका संघर्षमय दिनहरू र सफलताका अनुभूतिहरू सुनाउँदै उपस्थित नवस्रष्टा तथा साहित्यप्रेमीहरूलाई उत्प्रेरित गर्नुभएको थियो।

०००
प्रदीप ससापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x