साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालमा बुढोले थपे बिछ्याउना

वल्लो घरको नरे पल्लो घर सरे घरकी बुढी छोडेर अर्कीको भर परे जेठी लागिन् घिच्च्याउन कान्छी लागिन् चिच्याउन बुढेसकालमा बुढोले थपे बिछ्याउना I

Nepal Telecom ad

रणबहादुर बुढाथोकी “भैया” :

वल्लो घरको नरे पल्लो घर सरे
घरकी बुढी छोडेर अर्कीको भर परे
जेठी लागिन् घिच्च्याउन कान्छी लागिन् चिच्याउन
बुढेसकालमा बुढोले थपे बिछ्याउना।

लथालिङ्गे उनको घरको भताभुङ्गे चाला
भन्थे सौता लघार्नेले घर गरेर खाला
स्वयंवरको औँठी मासी तरुणीको माला
कान्छी नलिई जान्न भन्थे गए गर्धन जाला।

वल्लो घरको नरे पल्लो घर सरे
घरकी बुढी छोडेर अर्कीको भर परे
जेठी लागिन् घिच्च्याउन कान्छी लागिन् चिच्याउन
बुढेसकालमा बुढाले थपे बिछ्याउना I

दुइवटी स्वास्नीको पोइ कुना पसी रोई
छोराहरू फुट्न थाले दुहुनासम्म दोइ
छोरी पनि त्यस्तै रैछन् नजिक हुन्नन् कोइ
बुढेसकालको आडभरोसा जेन्जी पुस्ता खोइ ?

वल्लो घरको नरे पल्लो घर सरे
घरकी बुढी छोडेर अर्कीको भर परे
जेठी लागिन् घिच्च्याउन कान्छी लागिन् चिच्याउन
बुढेसकालमा बुढोले थपे बिछ्याउना I

आफन्तले पाइला मोडे जिउन कति गाह्रो
खाइपाइआको सुबिधा चट कल्ले हाल्ने चारो
आजभोलि ह्वासह्वास्ती गन्ध आउँछ दारु
अझ पनि चेत खुल्दैन भन्छन् क्यारूँ क्यारूँ।

वल्लो घरको नरे पल्लो घर सरे
घरकी बुढी छोडेर अर्कीको भर परे
जेठी लागिन् घिच्च्याउन कान्छी लागिन् चिच्याउन
बुढेसकालमा बुढोले थपे बिछ्याउना I

०००
बूढानीलकण्ठ – ८ हात्तीगौँडा, काठमाडौँ, 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x