साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ ड्राइभर आयो केही गर्ला कि ?

फुल स्पिडमा गाडी कुदयो काट्यो डण्डाखोला हल्ला चल्यो पूर्वी नेपाल भोली बन्द होला हरे शिव दङ्गाफसाद धार्मिक गन्जागोल यो सङ्घीय ज्वाँइसाहेबलाई के को धन्दा होला ?

Nepal Telecom ad

रणबहादुर बुढाथोकी “भैया” :

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?
लागौँ गुरु खुरुखुरु समय भो सुरु
टिकटवाला निकटवाला बसे यात्रुहरू
ट्राफिकले रिसाएर जव सिट्टी फुक्लान्
जुँगा हेरी कन्डक्टरले भित्री कुरा बुझ्लान्।

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

लगाई राख्नू बिच बिचमा मास्टर्नीको गीत
विद्यार्थीले माया गर्न सिकुन् गुरुसित
किन ब्रेक झ्याप्प लाको आइपुऱ्यो र मुग्लिन्
बूढीमाउको दाँत खस्यो केल्ले रोटी टोक्लिन्।

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

होटेलको साउजी रैछन् हेर्दै खेरी जन्डो
अडर गरेँ रोटी मासु तरकारी चिचिन्डो
एउटाले त भेटेँ भन्यो माउसुली र लिन्डो
रक्षा गर भगवती चढाउँला कुभिन्डो।

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

फुल स्पिडमा गाडी कुदयो काट्यो डण्डाखोला
हल्ला चल्यो पूर्वी नेपाल भोली बन्द होला
हरे शिव दङ्गाफसाद धार्मिक गन्जागोल
यो सङ्घीय ज्वाँइसाहेबलाई के को धन्दा होला ?

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

जँड्याहाले टाउको ठोक्यो थोरै निधार फुट्यो
आवाराको एक हुलले ड्राइभरलाई कुट्यो
कार्यकर्ता रैछ ऊ त नारा जुलुस उठ्यो
केरकार गऱ्यो प्रहरीले मुचुल्का पो उठ्यो।

थोत्रो गाडी नाउँ टाइगर कर्णाली
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

०००
बुढानीलकण्ठ -८ हात्तीगौँडा
काठमाडौं नेपाल।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

राम्रो

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x