साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पावर

"तुरून्त पद मुक्त गरेर छानबिन गर्ने आयोग गठन गरिहाल तत्काल।"- हाइकमानको अगाडि विवश भएर...। "जी सर ! जी सर !" उसले यत्ति भन्यो र फोन राख्यो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“अलिक सुझबुझले काम गर्नुपर्थ्यो !”- अध्यक्ष मणिकले धर्मविर तर्फ हेर्दै भन्यो। “-चिन्ता लिनुपर्दैन सर हजुरले , म आफै सबैलाई हेर्छु।”- धर्मविरले मुस्कुराउँदै भन्यो।

“हजुरलाई त मैले दिएको सुझाव मात्र हो, म भन्दा जान्ने हजुरनै होइसिन्छ।”- उसले कुराले गुन लगाउँदै भन्यो।

“म आफ्नो दममा जितेर मन्त्री बनेको छु यो पाँच वर्षसम्म मलाई कसैले हल्लाउन सक्दैन।”- धर्मविरले आफ्नो जुँगा मुसार्दै भन्यो। उनीहरू भित्र बसेर कुरा गर्दै थिए,  अध्यक्ष मणिकको मोबाईलमा घन्टी बज्यो।
“हेलो मणिकजी ?
म मिणकनै हुँ सर !

“त्यहाँ के भैरहेको छ, थाहा छैन तिमीहरूलाई ?”- हाइकमानले प्रश्न उठायो। “सर ! केहिदिन पहिलेको घटना थियो सर समान्य विवाद भएको हो। सर अहिले सबै स्थिति सन्तोषजनक छ।”- मणिकले मुस्कुराउँदै भन्यो।

“बाहिर निस्केर हेर त के भएको छ ? “- हाइकमानले निर्देश दियो। मणिक फटाफट बाहिर गयो ।” मुर्दावाद ! मुर्दावाद ! धर्मविरलाई कार्वाही गर ! कार्वाही गर !”- बाहिर हजारौंको सङ्ख्यामा प्रदर्शन भैरहेको थियो।

“क्रिङ्ग -क्रिङ्ग” फेरि हाइकमानको फोन बज्यो। मणिकले फोन उठायो। “तुरून्तै धर्मविरलाई कार्वाही गर !”- उताबाट हाइकमान बोल्यो ।” तर सर !

“तुरून्त पद मुक्त गरेर छानबिन गर्ने आयोग गठन गरिहाल तत्काल।”- हाइकमानको अगाडि विवश भएर…।
“जी सर ! जी सर !” उसले यत्ति भन्यो र फोन राख्यो ।

“सुन्नुभयो सरले ? अब आफै राजिनामा दिनुहुन्छ कि मैले लिने हो ?”- उसले धर्मविरलाई राजिनामा माग्दै भन्यो।

०००
दाङ घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x