सुरेशकुमार पाण्डेनिर्णायक को ?
"अब त्यो पारिवारिक विषय रहेन ,माया प्रेमको बिषय रहेन। किन कि उसले अब आर्कैको दामन थामिसकी।"- विनयले भन्यो।
सुरेशकुमार पाण्डे :
“सर आज पत्रकार सम्मेलन केका लागि हो ?”- एउटा पत्रकारले विनयसङ्ग प्रश्न गर्यो।
“हजुर अवश्य पनि त्यसैको बारेमा भन्ने छु। एकछिन पछि अन्य सबै पत्रकारको बिचमा आजको पत्रकार सम्मेलनको बिषयबस्तु आउने छ। “-विनयले पत्रकारले सोधेको प्रश्नको उत्तरमा यसरी भन्यो।
पत्रकार अभिनाश पनि अलिक पुराना र चर्चित मध्यका थिए। उनलाई विनयले टरकायेको झैं लाग्यो। तर पनि कुरा त आउने नै छ। ऊ चुपचाप केहीबेर बस्यो पत्रकारहरू पनि आए।अभिनाशको मानमा थियो विनयले पनि अब नयाँ राजनीतिक पार्टी गठन गर्ने विचारमा छ। सबै पत्रकार जुटे। त्यसपछि बल्ल एउटा बेनर भित्तोमा झुण्डाइयो। उक्त बेनरमा एउटी महिंलाको तस्विर थियो। माथि पत्रकार सम्मेलन लेखिएको थियो।
धेरैजसो पत्रकारहरूले केहिपनि अड्कल काड्न सकेनन्। ” पत्रकार महोदय यिनी यमुना हुन्, दुइटी छोरीको आमा। र एउटा फेक्ट्री कि माल्किन् त्यो फेक्ट्रीमा करिव बीश जनाले रोजगार पाएका छन्।”- विनयले मुस्कुराउंदै भन्यो।
” अनि उनिसङ्ग हजुरले बोलाएको पत्रकार सम्मेलनको के साइनो छ ? सर अगाडि जाउ ।”- अर्को एकजना पत्रकारले निदार चाउरी पार्दै भन्यो।
” त्यो फेक्ट्री उसको श्रीमानले श्रिमतिलाई दिएको उपहार हो। जब उनीहरू बिचमा अघात प्रेम थियो। दुइटी छोरी पनि उनैका उपहार हुन्। “- विनयले नजिकै बसेका दुइटी बालिकातिर इसारा गर्दै भन्यो।
” अनि सर असली कुरा तर्फ लागौं न !”-अभिनास अलिक चर्को स्वरमा बोल्यो।साहिद उसलाई विनयको यस्तो परिभाषा ठिक लागेन।
” असली कुरा यो हो अब यो फेक्ट्री उसको नामबाट श्रिमानको नाममा गराउनुपर्छ।”- विनयले भन्यो। ” त्यो त उनीहरूको घरेलु समश्या हो।आपसमा मिल बसेर समाधान् खोज्नुहोस् हामीलाई किन बोलाएको ? ।”-अभिनाशले आफ्नो ठाउबाट उठ्न खोज्दै भन्यो।
“अब त्यो पारिवारिक विषय रहेन ,माया प्रेमको बिषय रहेन। किन कि उसले अब आर्कैको दामन थामिसकी।”- विनयले भन्यो।
” अनि के यो देशमा नियम कानुन छैन सबैको निर्णय गर्ने मञ्च मिडिया नै हो ?” अभिनाशले यत्ति भन्यो सबै पत्रकारहरू उठेर हिंडे।
०००
दाङ घोराही १८
२०८३/०४/०८/
Subscribe
Login
0 Comments
Oldest






































