साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कल

प्रकाशको हात तान्दै बालखहरूको कोठामा पुगिन्। त्यहाँको दृश्य देखेर प्रकाश छक्क पर्यो। अव उसले दुबै कान छोपेर भन्यो "अब यो चुरोटलाई कहिल्यै हात लगाउँदिन।"

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“कति पटक भने हजुरलाई सिग्रेट छोड्नु भनेर ।”- मिनाले प्रकाशको हातबाट सिग्रेट तान्दै भनिन्। “प्रयास गरेकै छु प्यारी कुनै दिन छुट्छ।” प्रकाशले सिग्रेटतर्फ हेर्दै भन्यो।

“यही हो प्रयास गरेको ? “- मिनाले गर्धन् बटार्दै प्रश्न गरिन्। “मिना यो गर्भैदेखिको बानी अहिल्यै छुट्छ त ? विस्तारै छोड्ने प्रयासमा छु।” प्रकाशले पुन: सिग्रेटको सर्को तान्दै भन्यो।

“त्यसो भए कम्तिमा बालबालिकाको सामुन्य हजुरले सिग्रेट नपिउनुहोस् के, यत्ति त मानिदिउँ कम्तिमा ।”- मिनाले सम्झाउँदै भनिन्।

दुबै जना छुट्टाछुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुशासित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।

प्रकाशलाई स्कुलको प्रअले पनि कयौं पटक सुझाएका थिए तर उनले आफ्नो लत छाड्न सकेका थिएनन्। उनीहरूका दुइटा छोरा थिए पाँच र सात वर्षका।

उनीहरू छुट्टाछुट्टै कोठामा बसेका थिए । मिना उठेर बालखको कोठातिर गइन् र तुरून्तै फर्केर आफ्नो कोठामा आइन्। “एकछिन यता आउनु त ।” -प्रकाशको हात तान्दै बालखहरूको कोठामा पुगिन्। त्यहाँको दृश्य देखेर प्रकाश छक्क पर्यो। अव उसले दुबै कान छोपेर भन्यो “अब यो चुरोटलाई कहिल्यै हात लगाउँदिन।”

०००
दाङ घोराही १८
(२०८३/०३/२५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x