साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय

"सर सजाय त मलाई मिडियाले दिइसकेको छ। जसले मिडियामा गलत अफवाह फैलायो उसलाई के गर्नुहुन्छ ? यसबारेमा नियम बनाइयोस् ।"-निर्मलले आफ्नो पक्ष राख्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हजुरको दोस ठहर भएन जान सक्नुहुन्छ।”- जज् साहेबले निर्मललाई सफाइ दिंदैभने। ” अदालतममा ताली बज्यो,तर निर्मलको अधर उस्तै अंध्यारो थियो।

“के भयो हजुर निर्दोष भएको प्रमाणित भएर पनि किन हजुरलाई खुसि भएन ? “- सरकारी व़किलले प्रश्न गरे।

“अदालतले यहिले निर्दोशको फैसला सुनायो यो बन्द कोठा भित्र। तर यहाँहरूलाई जानकारी होला म दोषी भएको समाचार मेरो परिवारमा पुग्यो, नाता कुटुम्बामा पुग्यो। म जुन ठाउँमा जागिर गरेको थिएँ त्यहाँ कसरी सिर ठाडो पारेर बाँचुँला ?”- निर्मलले विवरणसहित आफ्नो विचार राख्यो।

“यस्तो अक्सर हुन्छ कोर्टले फैसला सुनाउने छानबिनपछि सबुतको आधारमा हो। तर पब्लिकहरू हवामा उडेका हुन्छन् आवेशमा आएका हुन्छन्।”- व़किलले निर्मललाई सम्झाउँदै भने। “विभिन्न रोगका कारण पिसाव रोक्न सकिदैन खालि ठाउँमा सौच गर्दा कसैले पछाडिबाट फोटा खिचेर सोशल मिडियामा राख्छन्। अनि ब्लेकमैल गर्छन् त्यस्ता ब्यक्तिलाई कार्वाहीको दायरामा ल्याउने कि एकोहोरो निर्दोष सजायको भागिदार हुने ?”- निर्मलले भावुक हुँदै भन्यो।

“होइन केहि गल्ती हजुरबाट पनि भएको छनी सार्वजनिक ठाउँमा सौच नगर्नुपर्ने !”- व़किलले भने।
“गल्ति पक्कै भएको छ तर नियतवस भएको छैन। मानिदिनुहोस् मबाट गल्ति भएकै भए पनि बिना छानबिन मलाई सजाय दिने ?”- निर्मलले फेरि अडान राख्यो।

“त्यही त हजुरलाई अदालतले ससम्मान बरी गरेको छ।”- जज् साहेवले भने।

“सर सजाय त मलाई मिडियाले दिइसकेको छ। जसले मिडियामा गलत अफवाह फैलायो उसलाई के गर्नुहुन्छ ? यसबारेमा नियम बनाइयोस् ।”-निर्मलले आफ्नो पक्ष राख्यो।

“यसको बारेमा सम्बन्धित पक्षको अवश्य ध्यान् जावस।”-यत्ति भन्दै जज् साहिब आफ्नो सिटबाट उठे सबै हलबाट गम्भीर बनेर निस्किए।

०००
दाङ घोराही १८
२०८३/०३/२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x