साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राखून् सद्भाव पाका परिजनबिचमा

दिव्यात्मा भावनाले असहज पल छन् वृद्धबेला भएका आशा केही नराखी तुलबुल नमिठा कष्ट झेल्दै रहेका सङ्कल्पी स्वाभिमानी श्रमसँग पसिना शिल्पले भार सारून् राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

जन्म्याे मान्छे धरामा गुण अवगुणकाे रूपरेखा नकाेरी
बाबा आमा गुणी छन् हरचिज रसिलाे सार केही नखाेजी
आनीबानी सुधारी भ्रमित नियमका वेदनाले नहारून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।१।

आलाेकाँचाे बचेराे हरदिन कसरी बालबच्चा बढाए
बच्चाे नै थालनी हाे दिनदिन सहँदै दुःख गर्दै पढाए
पाकाबाटै सिकेका विधि नियम सबै पालना गर्न लाऊन्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।२।।

मार्यादा मान के हाे मगज अलिकता वृद्धमा नै अड्याऊन्
माैका मिल्दा बडामा समय समयका बात गर्दै रमाऊन्
वाणीका सिष्टताले सविनय सुकिलाे व्यक्तिका छाप छाडून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।३।।

व्याख्या गर्दा उनैका अनुभव बटुली प्यारका सार बुझ्दै
ज्याेत्स्ना झैँ चम्किलो हाेस् अनवरत मियाे भाव सद्भाव छर्दै
बाल्यावस्था नबिर्सी समरसँग डटी याेग्यताले निखारून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।४।।

दिव्यात्मा भावनाले असहज पल छन् वृद्धबेला भएका
आशा केही नराखी तुलबुल नमिठा कष्ट झेल्दै रहेका
सङ्कल्पी स्वाभिमानी श्रमसँग पसिना शिल्पले भार सारून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।५।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x