साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे भाका गाउँछन् पाका खेतमा झरेर

चमेली श्यामे सुन्तली माने खुसी छन् गाेठमा बैँसकाे मात उस्तै छ बरै ! ती लाली ओठमा नातिको साथ आमाेई आईन् सन्ताप हरेर असारे भाका गाउँछन् पाका खेतमा झरेर।

Nepal Telecom ad

इन्दिरा प्रयास :

बादल गर्जी बर्सियाे झरी मध्य छ असार
छङ्छङ गर्दै खहरे झर्छन् ब्याँसीका कछाड
ती बाल वृद्ध गर्दै छन् काम जाँगर भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

हाे माले हाे हाे हाे तारे हाे हाे हलीका गुञ्जन
सङ्गीत भर्दै झर्दै छन् झर्ना क्या राम्रा कानन
बुहारी सासू हिलाेले छ्याप्छन् मुस्कान छरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

बाउसे ब्याडे खेतमा नाच्छन् राेपार हँसाई
त्यो चर्काे घाम किसानी काम आलीकाे बसाई
नछाेड राँटाे सानै हाेस् आँठाे सिञ्चित गरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

मौसमी हाँस्छिन् राेपार नाच्छिन् हिलाेमा छम्छमी
धराले पिईन् खुसीले पानी तिर्खाले तन्तनी
बाढी छन् खाेला सकस हाेला बा आए तरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

चमेली श्यामे सुन्तली माने खुसी छन् गाेठमा
बैँसकाे मात उस्तै छ बरै ! ती लाली ओठमा
नातिको साथ आमाेई आईन् सन्ताप हरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x