साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

मानव जीवन सत्य छ सार बित्दछ काल यही अनुसार निल्न सकिन्न त्यसैपछि रुन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।

Nepal Telecom ad

इन्दिरा प्रयास

बढ्दछ राेग र कष्ट अनेक
खाद्यहरू जल मिष्ठ निषेध
दर्द हरेक अगाडि रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।।

दन्त झरी फल पुग्दछ टाढा
अन्न पिसीकन बन्दछ माडा
लाेचन कर्ण धिमा तब हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।

दर्पण प्रस्ट सकिन्न नि देख्न
दुख्छ असाध्य न सक्दछ पाेख्न
राेदन मिश्रण हाल कहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।।

कान धिमा धुन सुन्न सकिन्न
प्राैढ दुखे मन हर्ष रहन्न
शिल्प कला पनि दूर रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।।

मानव जीवन सत्य छ सार
बित्दछ काल यही अनुसार
निल्न सकिन्न त्यसैपछि रुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x