साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नतिजा के आउला ?

कतै टन्नै खाए कतै खानै नपाए बिद्रोह हुन्छ सबैलाई पूरै भाग मिल्यो नतिजा के आउला ? पहिला आफूलाई शत्रु, मित्रु जे जे ठाने पनि बम, बारुदको राग मिल्यो नतिजा के आउला ?

Nepal Telecom ad

मरुभूमि नारायण :

कोइलीसंग काग मिल्यो नतिजा के आउला ?
धनियासंग साग मिल्यो नतिजा के आउला ?

जुधे साँडे पुच्छर उचाली मिल्छन् मुई खाएर
तस्करसंग खाग मिल्यो नतिजा के आउला ?

भतेर मिल्दा मिल्छन् नत्र छुट्टिन्छन् यिनीहरू
टाटे दागमा दाग मिल्यो नतिजा के आउला ?

बाघसंग बघिनीको पो गहन अर्थ हुन्छ हजुर
तर बाघसंग बाग मिल्यो नतिजा के आउला ?

साउनसंग पुस जोडिए नतिजा फरक आउँछ
तर पुससंग माघ मिल्यो नतिजा के आउला ?

कतै टन्नै खाए कतै खानै नपाए बिद्रोह हुन्छ
सबैलाई पूरै भाग मिल्यो नतिजा के आउला ?

पहिला आफूलाई शत्रु, मित्रु जे जे ठाने पनि
बम, बारुदको राग मिल्यो नतिजा के आउला ?

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x