साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो दिमाग घुमाइ हाल्छ

भ्रम छर्न, नाटक मञ्चन गर्न कसैले नि सक्दैन रोगीको खुट्टो चुमी हाम्रो दिमाग घुमाइ हाल्छ । साथी हो उचालेको कुकुरले हरिण मार्छ अचेल अमृत देखाएर जनतालाई विष खुवाइ हाल्छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

राम्रो कुरो बोल्नै हुन्न सरकारले समाइ हाल्छ
मान्छे रोडमा ढल्नै हुन्न खुसीले रमाइ हाल्छ ।

नारा, जुलुरु, भीड देख्दा सरकार खुशी हुन्छ
आफ्नो ठाउँमा प्रहारको अखडा जमाइ हाल्छ ।

आफ्नै देशका जनतालाई आप्रबासी बनाएर
जसरी नि कमाउनु छ सरकारले कमाइ हाल्छ ।

जुन जोगी, आए पनि कानै तासेको आउने हो
नयाँ भन्नेले नै पुरानाको बिंडो थमाइ हाल्छ ।

भ्रम छर्न, नाटक मञ्चन गर्न कसैले नि सक्दैन
रोगीको खुट्टो चुमी हाम्रो दिमाग घुमाइ हाल्छ ।

साथी हो उचालेको कुकुरले हरिण मार्छ अचेल
अमृत देखाएर जनतालाई विष खुवाइ हाल्छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x