युवराज भण्डारी‘हुन्छ’ भन्ने परेको छ बानी सधैँ
माग्ने देखेपछि पाइला लम्कन्छन् कहाँ भेटिन्छ सडकमा दानी सधैँ ? कतै उकालो पर्छ, कतै ओरालो कहाँ हुन्छ समथर जिन्दगानी सधैँ ?
युवराज भण्डारी :
लजाएर कति बस्छ्यौ नानी सधैँ
कहाँ फुल्छ एकनास जवानी सधैँ ?
वाचा भुल्नेसँग केही गुनासो छैन
राखूँला मनको बाग ऐलानी सधैँ ।
‘हुन्न’ भन्नै आउँदैन, महोदय
‘हुन्छ’ भन्ने परेको छ बानी सधैँ ।
माग्ने देखेपछि पाइला लम्कन्छन्
कहाँ भेटिन्छ सडकमा दानी सधैँ ?
कतै उकालो पर्छ, कतै ओरालो
कहाँ हुन्छ समथर जिन्दगानी सधैँ ?
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































