साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म को हुँ ?

दुई-चार दिनपछि फेरि सुनका सिता सम्झन्छु थोरै मानव धेरै दानव अनेकौँ जीवजन्तुको स्वभाव भएको सन्तुलन रत्तिभर पनि नभएको म को हुँ ?

Nepal Telecom ad

युवराज भण्डारी :

हरक्षण म खोजिरहेछु
तिमीलाई पर्खिरहेछु
सवालै सवाल छ मनभरि
अनन्त प्रतीक्षा छ आँखाभरि
सोध्नु छ तिमीलाई
जीवन
जगत
प्रेम
घिन
यावत् कुरा
तर, अहिलेलाई एक जिज्ञासा मेटाइदेऊ
बिन्ती ! जवाफ देऊ भगवान् !
भन— म को हुँ ?

मेरो
नाम
ठेगाना
पेशा
नाता
सबै मबाट हटाउँदा
बाँकी रहने म को हुँ ?

धेरै चिज आफ्नो सम्झेको छु
धेरै मानिस आफ्ना ठानेको छु
धेरैको हुन सक्ने
स्वयम् आफ्नो हुन नसक्ने
म को हुँ ?

थाहा छ— तिमी सबैका ईश्वर हौ
तर, म तिमीलाई मेरो प्रभु भन्छु
ईश मेरो
वंश मेरो
सम्पत्ति मेरो
श्रीमती मेरी
भएभरको
आफ्ना भन्ने भ्रममा
उन्मत्त
म को हुँ ?

आरम्भ गर्न डराउने
आफूभन्दा बढी अरूमा भर पर्ने
छुटिसकेको रेल सम्झी आँखा भर्ने
उही गल्ती बारम्बार पुनरावृत्ति गर्ने
म को हुँ ?

ज्ञेयदेखि परपर भागिहिँड्ने
भीडको पछि लागी अज्ञेय पछाडि दौडिरहने
अध्यात्म र मानव-धर्मको चेत नभएको
थाहा छैन भन्ने पनि थाहा नभएको
भौतिक सुख-सयलमा मग्न
म को हुँ ?

सफल हुँ भन्दै अनेक भाकल गर्ने
तर, अनुशासन भने पालना नगर्ने
ईर्ष्याको अग्निमा जलेर मरिरहने
जो, जे देख्यो
त्यो सँग आफूलाई तुलना गरिरहने
जागरुकताको सुगन्ध भेउ नपाउने
म को हुँ ?

पैसाको लागि इमान, आदर्श बेच्ने
आफूलाई सर्वज्ञानी, सर्वश्रेष्ठ ठान्ने
हिंसा अनि पशुवध गर्ने
अनाज, वनस्पति, पशुपन्छी सबथोक खाने
मधुकुण्डमा नुहाउने
बिहान नछुने किरिया खाने
साँझ नपर्दै फर्केर मधुशाला जाने
यसरी स्वयंलाई धोका दिइरहने
म को हुँ ?

आफूलाई
सानो काँडाले चस्स घोच्दा
धुरुधुरु रुन्छु
अरूलाई
बडेमानको सियो बिझ्दा
उल्टै घनले ठोकिदिन्छु
कसैलाई पछार्नुमा आफ्नो जित देख्ने
करुणा अनि शान्तिका कविता लेख्ने
आगोको बोटमा फूलजस्तो
म को हुँ ?

बलिरहेको आगोमा हिउँ भई फुल्छु
पानीमा फिलिङ्गो भई रहन खोज्छु
जीवनको पूर्वार्द्धमा लहैलहैमा लागेँ
उत्तरार्द्धमा पुगेर सुरुवात खोज्न थालेँ
चिन्ता धेरै लिने, चिन्तन रत्ति नगर्ने
म को हुँ ?

जब छरछिमेकमा रुवाबासी सुन्छु
जब कसैको मलामी जान्छु
तब ‘हरे कृष्ण !’ भन्दै भागवत गीता सम्झन्छु
दुई-चार दिनपछि फेरि सुनका सिता सम्झन्छु
थोरै मानव
धेरै दानव
अनेकौँ जीवजन्तुको स्वभाव भएको
सन्तुलन रत्तिभर पनि नभएको
म को हुँ ?

भगवान् !
भन— म को हुँ ?

०००
अर्को कर्नाली (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x