युवराज भण्डारीआँसुको कर्नाली
कुतूहल थाम्न नसकी सडकमा दगुर्दा–दगुर्दै एक्कासि स्तब्ध भएँ म जब देखेँ— शहीदगेटमा यो शहरका चोकचोकमा तपतप आँसु झारिरहेका रहेछन् शहीदका सालिकहरू !

युवराज भण्डारी :
प्रिय कर्नाली !
नदीहरूमा
अरू कुनै पुगेका छैनन्
निःसन्देह
तिमीजति पर !
तिमीजस्तै अर्को कर्नाली
कहाँबाट आयो ?
ए दुनियाँ !
कताबाट आयो—
दोस्रो कर्नाली ?
कुतूहल थाम्न नसकी
सडकमा दगुर्दा–दगुर्दै
एक्कासि स्तब्ध भएँ म
जब देखेँ—
शहीदगेटमा
यो शहरका चोकचोकमा
तपतप आँसु झारिरहेका रहेछन्
शहीदका सालिकहरू !
तिमीभन्दा लामो कर्नाली
अर्को कर्नाली
बगिरहेको रहेछ मेरै छेउछाउ
मजस्तालाई निरन्तर भत्काउँदै ।
०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































