साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र

देश बेच्ने स्वार्थीलाई, पाता कसी गिड्नु पर्छ । जनताको अधिकारमा, खेल्न खोज्ने पातकीलाई, गणतन्त्रको ज्वाला बाल्न, सधैँ अघि बढ्नु पर्छ ।

Nepal Telecom ad

प्रेम घिमिरे “अग्निकवच” :

मुक्तक १
रातभरि रगत बग्यो, तब बिहानी जन्मियो,
जनताको मुटुभित्र, नयाँ कहानी जन्मियो।
सिंहासनभन्दा ठूलो, शक्ति जनता हुन् भन्ने,
गणतन्त्रको अमृत दिने, एक मुहानी जन्मियो।

मुक्तक २
शहीदका सपना अझै पूरा हुन बाँकी छ,
झुपडीले महलले झैँ आकाश छुन बाँकी छ।
गणतन्त्र केवल दिवस होइन सम्झना हो,
न्याय, समानताले अझै समाज धुन बाँकी छ।

मुक्तक ३
हिमाल झैँ अडिग बनौँ, आँधीसँग भिड्नु पर्छ ,
देश बेच्ने स्वार्थीलाई, पाता कसी गिड्नु पर्छ ।
जनताको अधिकारमा, खेल्न खोज्ने पातकीलाई,
गणतन्त्रको ज्वाला बाल्न, सधैँ अघि बढ्नु पर्छ ।

मुक्तक ४
रगतले सिँचेको यो, परिवर्तन निशान हो,
जनताको बलिदानले, लेखिएको अभियान हो।
नेपालीको शिर कहिल्यै, झुक्न नदिने प्रण गरौँ
गणतन्त्र हाम्रो गौरव हो, हाम्रो स्वाभिमान हो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x