दिव्य गिरीतीन ठोक्तक
बिहान के बोलेको हो त्यो बेलुका थाहा हुन्न समातेको माछो थियो कि त्यो पाहा थाहा हुन्न राजनीति नै लाजनीति भइसकेपछि हजुर स्वार्थमा दौडिनेहरूको नैतिकता थाहा हुन्न।
दिव्य गिरी :
१.
जो देश लुटाहा हो उही सत्ताको हकदार भयो
चप्पल लगाएर जो आयो उही मालदार भयो
अनैतिक र नैतिक भन्ने प्रश्न नगरौँ महासय !
जस्लाई चोर भनियो आज उहीँ थानेदार भयो ।
२.
बिहान के बोलेको हो त्यो बेलुका थाहा हुन्न
समातेको माछो थियो कि त्यो पाहा थाहा हुन्न
राजनीति नै लाजनीति भइसकेपछि हजुर
स्वार्थमा दौडिनेहरूको नैतिकता थाहा हुन्न।
३.
“हाँसको बथानमा स्याल ठाकुर” हुन्छ भनेजस्तै
फिस्टाले टेक्दैमा बाँसको टुप्पोले भुईँ छुन्छ भनेजस्तै
अचम्म अचम्म देख्नु परेको छ यी आँखाहरूले पनि
स्वार्थीले मालिकको लगौँटी पनि धुन्छ भनेजस्तै ।
०००
ललितपुर
Subscribe
Login
0 Comments
Oldest








































