साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यूटावर

नाङ्गै भुतुङ्गै स-साना केटाकेटी, झुत्रो कपडा लगाएका वृद्ध-वृद्धा र आइमाईहरू झोपडपट्टीबाट भ्यूटावरमा भइरहेको गतिविधि हेरिरहेका थिए ।

Nepal Telecom ad

दिव्य गिरी :

देशमाभरमा सबैभन्दा अग्लो र पहिलो भ्यूटावरको निर्माण सम्पन्न भयो । त्यसको उद्घाटन गर्ने शुभ-मुहुर्तको दिन पनि आयो । पर्यटन मन्त्री, मन्त्रीका आसेपासे र भ्यूटावर निर्माता कम्पनीको ठेकेदारसमेतको एउटा झुन्ड निकै हर्षोल्लासकासाथ उद्घाटन समारोहमा उपस्थित भए ।

मन्त्रीबाट विधिवत भ्यूटावरको उद्घाटन भयो । भ्यूटावरबारे मन्तव्य व्यक्त गर्ने पालो मन्त्रीको आयो । उनले मन्तव्य व्यक्त गर्दै भने – “यो क्षेत्रमा यति ठूलो र भव्य भ्यूटावर बन्नु यहाँका जनताको लागि मात्रै नभइ देशकै गर्वको विषय हो । देशमा आन्तरिक र वाह्यपर्यटकलाई यो भ्यूटावरले निकै आकर्षण गर्दछ र यो ठाउँको महत्त्व पनि बढाउँछ । देशमा धेरैभन्दा धेरै पर्यटक ल्याउन यस्ता भ्यूटावरहरू देशैभर बन्नुपर्दछ ।”

मन्त्रीको भाषणमा सबैले जोडदार ताली बजाए ।

उद्घाटनपछि मन्त्रीलगायत सबैले भ्यूटावरको माथिल्लो कौसीबाट देखिने वरिपरिका दृश्यहरू रमाइलो मान्दै हेर्न थाले ।

नाङ्गै भुतुङ्गै स-साना केटाकेटी, झुत्रो कपडा लगाएका वृद्ध-वृद्धा र आइमाईहरू झोपडपट्टीबाट भ्यूटावरमा भइरहेको गतिविधि हेरिरहेका थिए ।

“अहा ! यहाँबाट सुकुम्बासी बस्ती विशाल र प्रष्ट देखिने रहेछ ।” मन्त्रीले हाँस्दै भने ।—

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x