दिव्य गिरीभोलि
थाहा छ मलाई त्यो भोलि कहिले आउँदैन !!! र पनि म भोलिको पछि लाग्न छोड्दिन र पनि भन्छु- म तिमीलाई भोलि भेट्छु । कहिले नआउने भोलि ! कहिले नभेटिने भोलि !!!
दिव्य गिरी :
म भोलिलाई भेट्छु भन्दै
निरन्तर जीवनभर हिँडिरहेको छु
म भोलिको पर्खाइमा निदाउँछु
जब बिहानै मेरो आँखा खुल्छ
अफसोस् !
हिजो मैले भनेको त्यो भोलि
आज भइसकेको हुन्छ
तब म वर्तमानमा हुन्छु
र म फेरि भोलिलाई पर्खिन्छु
पर्खिरहेको छु कहिले पनि नभेटिने
त्यो भोलिलाई !
थाहा छ मलाई त्यो भोलि कहिले आउँदैन !!!
र पनि म भोलिको पछि लाग्न छोड्दिन
र पनि भन्छु- म तिमीलाई भोलि भेट्छु ।
कहिले नआउने भोलि !
कहिले नभेटिने भोलि !!!
०००
कोलकाता
दिनाङ्क: जनवरी ४, २०२६
Subscribe
Login
0 Comments
Oldest






































