साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोल्टीमाथि साँढे साँढेमाथि पाँडे

हास्यव्यङ्ग्यसम्बद्ध लेख रचना र भूमिका, नेपाली हास्यव्यङ्ग्यको ब्राण्डिङ पाँडेपुराण, हास्यव्यङ्ग्यसम्बद्ध संस्थाहरूमा पाँडेको संलग्नता र विभिन्न लेखकका दृष्टिमा प्रा.रामकुमार पाँडे आदि विषयगत विविधहरूलाई सिलसिलाबद्ध गरी समावेश गरिएको छ ।

Nepal Telecom ad

दिव्य गिरी :

शीर्षक पढ्दै हाँसो उठ्ने यो हास्यव्यङ्ग्य मैले आजभन्दा चौवन्न वर्ष पहिले अर्थात वि.सं.२०२६/२०२७ सालतिर पढेको हुँ । म ललितपुर जिल्लाको इमाडोल गाउँको महेन्द्र आदर्श हाई स्कूल विद्यालय छोडेर वि.सं.२०२६ सालमा ललितपुरको पाटन ढोकास्थित पाटन हाई स्कूलमा पढ्न गएँ । त्यहाँ स्कूलमा मेरो मिल्ने साथी मध्ये जावलाखेल घर भएका शैलेश (थर चाहिँ याद भएन) साथी थिए । वर्ष कुन थियो यकिन गर्न सकिनँ, तर छब्बीस हो वा सत्ताइस सालमा हो शैलेशले एक दिन एउटा ठूलै किताब स्कूलमा ल्याए । किताबको शीर्षक पनि अनौठो थियो – खप्पर । त्यसमा पन्ध्र वटा हास्य निबन्धहरू थिए । ती मध्येको एउटा हास्यव्यङ्ग्य निबन्ध थियो ‘सोल्टीमाथि साँढे साँढेमाथि पाँडे’ ।

किताबको शीर्षक र निबन्धको पनि शीर्षक अनौठो देखेरै मलाई त्यो किताब पढ्न मन लाग्यो । मैले शैलेशसँग किताब मागेँ । उनले किताब दिए अनि यो पनि भने- ‘यो किताब मैले मामासँग मागेर ल्याएको हो, छिटै फर्काइदिनुपर्छ ।’ मैले एक दुई दिनमै फिर्ता गर्ने शर्तमा किताब लिएर घर आएँ । त्यसमा भएका निबन्धहरू मध्ये सबैभन्दा मलाई रमाइलो लाग्यो ‘सोल्टीमाथि साँढे साँढेमाथि पाँडे’ निबन्ध । मैले विद्यालयको पाठ्यपुस्तकबाहेक पहिलो पटक पढेको ठूलो किताब भनेकै त्यही थियो । घरमा म रामायण पढ्थें फुर्सदको समयमा । बा शिक्षा विभागमा जागिरे हुनुभएकोले बाले दुई वटा रामायणका पुस्तक ल्याउनुभएको थियो । त्यस बेला त्यो रामायण शिक्षा विभागले देशभरका विद्यालयहरूलाई नि:शुल्क वितरण गरेको थियो ।

मैले त्यो किताबको उक्त हास्यव्यङ्ग्य पढेपछि मलाई त्यसको सम्झना रहिरह्यो । धेरै वर्षपछि रामकुमार पाँडेसरसँग मेरो भेट र परिचय भएपछि मलाई त्यो हास्यव्यङ्ग्यको याद आयो । हास्यव्यङ्ग्यको बारेमा कतै सन्दर्भवश चर्चा परिचर्चा हुँदा पनि म त्यो हास्यव्यङ्ग्य सम्झिनपुग्छु अहिले पनि । अब मलाई त्यो हास्यव्यङ्ग्य फेरि एक पटक पढ्ने इच्छा भएर पनि पाएको छैन ।

यसै बीच हिजो अर्थात् २०८१ कार्तिक ७ गते म पाँडेसरको जावलाखेलस्थित घरमा गएँ । उहाँसँग केही साहित्यिक छलफल भयो र उहाँले मलाई आफूले लेखेका कृतिहरू – कथाकुथुङ्ग्री (भुङ्ग्रो लघुकथासङ्ग्रह (२०८०), अर्काको आँखामा आफू (२०८१), अङ्ग्रेजी भाषाका पुस्तक HAIKU BUD अनि Literary Leadership र प्रमोद प्रधानले लेख्नुभएको ‘नेपाली हास्यव्यङ्ग्यमा रामकुमार पाँडे र पाँडेपुराण (२०८१)’ समेत गरी पाँचवटा पुस्तक उपहारस्वरूप दिनुभयो । उहाँ विभिन्न विधा र उपविधाका पुस्तकहरू बेला बेलामा प्रकाशन गर्नुहुन्छ तर उहाँ पुस्तकको कतै विमोचन र अन्तरक्रिया गराउनु हुन्न । उहाँले पुस्तक दिएपछि मात्र थाहा पाइन्छ । यसपटक पनि त्यही भयो दुई वर्षमा प्रकाशन भएका पाँचवटा पुस्तकबारे पुस्तक पाएपछि मात्र थाहा पाइयो ।

कवि, समीक्षक, नेपाली साहित्यका विभिन्न विधाको खोज अनुसन्धान कर्ता र बाल साहित्यकार एवम् बालसाहित्यका अभियन्ता प्रमोद प्रधानले नेपाली साहित्यमा विगत ६ दशकदेखि नेपाली साहित्यका धेरै विधा र उपविधामा निरन्तर साधनारत भूगोलविद्, हास्यव्यङ्ग्यकार, हाइजिन, बालसाहित्यकार, चित्रकार, ललितकला र अभिनय कलामा समेत पारङ्गत अर्थात बहुमुखी प्रतिभाका धनी प्राध्यापक रामकुमार पाँडेकोबारेमा एउटा कृति लेख्नुभएको छ – ‘नेपाली हाँस्यव्यङ्ग्यमा रामकुमार पाँडे र पाँडेपुराण’ ।

यस कृतिमा प्रा.रामकुमार पाँडेको जीवनी र साहित्यमा विशेषगरी नेपाली साहित्यको हास्यव्यङ्ग्यको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको विस्तृत चर्चा गरिएको छ । यो कृतिलाई जम्मा बाह्र अध्यायमा विभाजन गरिएको छ भने दस वटा परिशिष्टाङ्कहरू राखिएका छन् । पुस्तकमा प्रा.पाँडेको जीवनी, साहित्यमा प्रवेश र लेखन, हास्यव्यङ्ग्य लेखन परम्परामा उहाँको प्रवेश, हास्यव्यङ्ग्यका कृतिहरूको परिचय र चरणहरू, हास्यव्यङ्ग्यका निबन्धहरू, कविता, व्यङ्ग्य चित्रकला ((कार्टून), कृतिको विश्लेषण, अङ्ग्रेजी भाषामा प्रकाशित हास्यव्यङ्ग्यको अभिलेखसम्बद्ध कृतिहरू, हास्यव्यङ्ग्यसम्बद्ध लेख रचना र भूमिका, नेपाली हास्यव्यङ्ग्यको ब्राण्डिङ पाँडेपुराण, हास्यव्यङ्ग्यसम्बद्ध संस्थाहरूमा पाँडेको संलग्नता र विभिन्न लेखकका दृष्टिमा प्रा.रामकुमार पाँडे आदि विषयगत विविधहरूलाई सिलसिलाबद्ध गरी समावेश गरिएको छ ।

यी प्रत्येक अध्यायमा हास्यव्यङ्ग्यकार प्रा.पाँडे र उहाँसँग सम्बन्धित सम्पूर्ण कुराहरूलाई समेटेर प्रा.पाँडेले हास्यव्यङ्ग्यको क्षेत्रमा गर्दै आउनुभएको साधनालाई उल्लेख गरिएको छ । यस कृतिले हास्यव्यङ्ग्यकार प्रा.पाँडेले हास्यव्यङ्ग्यको क्षेत्रमा गर्नुभएको साधना र महत्त्वपूर्ण योगदानबारे यथेष्ट जानकारी पाउन सकिन्छ । पुस्तकको परिशिष्टाङ्कमा उल्लेख गरे अनुसार हास्यव्यङ्ग्यकार प्रा.पाँडेका हालसम्म २४९ वटा हास्यव्यङ्ग्यका निबन्ध र ११४ वटा हास्यव्यङ्ग्य कविताहरू प्रकाशित भइसकेका छन् । वि.सं. २०२१ सालको प्रतिध्वनिको वर्ष १, अङ्क ४ मा रमिता शीर्षकको रचना प्रकाशन गरेका प्रा.पाँडेले हालसम्म विभिन्न साहित्यिक पत्रि-पत्रिकाहरूमा २३७ वटा लेख रचनाहरू प्रकाशित भएका छन् ।

नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा प्रा.पाँडेले गरेको योगदान निकै वृहत् भएको प्रमाण हो यो पुस्तक । नेपाली साहित्यमा हास्यव्यङ्ग्यको क्षेत्रमा रूचि भएका साहित्यकार, विद्यार्थी र अनुसन्धानकर्ताहरूको निम्ति यो कृति महत्त्वपूर्ण र अति उपयोगी छ । स्रष्टा प्रा.पाँडे र उहाँको बारेमा यति धेरै मेहनत गरेर कृति लेखन गर्नुहुने प्रमोद प्रधानलाई हार्दिक बधाई तथा कृति सफलताको लागि प्रा.पाँडेलाई हार्दिक शुभकामना ।

कृति : नेपाली हास्यव्यङ्ग्यमा रामकुमार पाँडे र पाँडेपुराण
लेखक : प्रमोद प्रधान
प्रकाशकः हासने प्रकाशन, काठमाडौं
संस्करणः वि.सं. २०८१, प्रथम
मूल्य : रू.५७८/-

०००
ललितपुर
सामग्री श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x