साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्किलो गाडीमा कुकुर

अनि सोच्न थालें अहा! कति राम्रो हुन्थ्यो जन्मेको भए भएर कुकुर। यतिकैमा नजिक आएर बस्यो खरानी दलेको, जीउ गलेको कुकुर ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म बाहिर कठ्याङ्ग्रिँदै
चिसोले थुर थुर
खोज्दै थिए कहाँ कता
बलेको छ घुर
उता मजाले सीटमा
रमाउँदै थियो
मेरै अगाडिको चम्किलो गाडीमा
ऊनी कोट लाएको विदेशी कुकुर।

आफ्नु त रगत पनि थियो जम्दै,
भोकाएको समेत थिएँ उग्रै
अहो! कुकुरको त्यस्तो भाग्य,
आफ्नो भने यस्तो झूर !
आफ्नै भाग्यलाई गाली गरें भरपूर !

अनि सोच्न थालें
अहा! कति राम्रो हुन्थ्यो
जन्मेको भए भएर कुकुर ।
यतिकैमा नजिक आएर बस्यो
खरानी दलेको, जीउ गलेको कुकुर।

सबै मीठा कल्पना
उसको देखेर दुरावस्था
एक क्षीण मैं उडे फुरर्……

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x