साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्किलो गाडीमा कुकुर

अनि सोच्न थालें अहा! कति राम्रो हुन्थ्यो जन्मेको भए भएर कुकुर। यतिकैमा नजिक आएर बस्यो खरानी दलेको, जीउ गलेको कुकुर ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म बाहिर कठ्याङ्ग्रिँदै
चिसोले थुर थुर
खोज्दै थिए कहाँ कता
बलेको छ घुर
उता मजाले सीटमा
रमाउँदै थियो
मेरै अगाडिको चम्किलो गाडीमा
ऊनी कोट लाएको विदेशी कुकुर।

आफ्नु त रगत पनि थियो जम्दै,
भोकाएको समेत थिएँ उग्रै
अहो! कुकुरको त्यस्तो भाग्य,
आफ्नो भने यस्तो झूर !
आफ्नै भाग्यलाई गाली गरें भरपूर !

अनि सोच्न थालें
अहा! कति राम्रो हुन्थ्यो
जन्मेको भए भएर कुकुर ।
यतिकैमा नजिक आएर बस्यो
खरानी दलेको, जीउ गलेको कुकुर।

सबै मीठा कल्पना
उसको देखेर दुरावस्था
एक क्षीण मैं उडे फुरर्……

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x