Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेल्फीको सेल्फी

​देखाउनकै लागि हाँस्छन् बनावटी मुस्कानमा साँचो हाँसो को सातो नै उडायो यो सेल्फीले । ​पहिचान बिर्सेर अरूकै पछाडि दगुर्छन् सबै, कस्तो पागल मोह यहाँ बढायो यो सेल्फीले ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

नसोध्नूस् कुन हदसम्म सतायो यो सेल्फीले,
आज मान्छेको मगजै लट्यायो यो सेल्फीले,
​कला र ज्ञान सिक्ने समय हरायो कता आज
खाली फोटो खिच्ने धुन जगायो यो सेल्फीले ।

​भेट हुदा दुख-सुख कुरा गर्ने खै को छ अहिले ?
सबैलाई आफ्नै धुनमा भुल्यायो यो सेल्फीले ।
​भीडमा देख्दा सेलेब्रेटी कुद्छन् मान्छे झुम्मिएर
सच्चा सम्बन्धको मोल नै घटायो यो सेल्फीले ।

​देखाउनकै लागि हाँस्छन् बनावटी मुस्कानमा
साँचो हाँसो को सातो नै उडायो यो सेल्फीले ।
​पहिचान बिर्सेर अरूकै पछाडि दगुर्छन् सबै,
कस्तो पागल मोह यहाँ बढायो यो सेल्फीले ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
हाँसे बुढा बा पनि

हाँसे बुढा बा पनि

रामशरण न्याैपाने
पहाड

पहाड

खगेन्द्र नेउपाने
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x