Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कल

मैले श्रीमतीलाई जवाफ फर्काई नसक्दै चन्द्रिकाले -'मेरो नाटक कस्तो लाग्यो त हजुरबाबा' भन्दै मेरो पाइन्टको क्याडबरी राख्ने खल्ती भित्र हात पसाली।

Nepal Telecom ad

सीताराम नेपाल :

मैले नातिनी चन्द्रिकालाई बोलाएँ । अफिसबाट घर आउँदा मेरो पदचापबाटै थाहा पाएर क्याडवरी फकाउन ढोकामा पुण्यी चन्द्रिका । आज किन उसको चालचुल छैन । ‘यी के त्याइद्या छु हजुरबुबाले !’ मैले फेरि बोलाएँ तर उसको अत्तोपत्तो भएन ।

उसको कोठामा जाँदा उसको ढोका ढ्याम्म लागेको आवाज आयो । देख्छु ढोकामा सिसाकलमले ठूलो अक्षरमा प्रवेश निषेध लेखिएको छ । ढोकाको एकछेउको सिसाबाट चन्द्रिकालाई त्यो सिसा छोप्ने कपडा खोज्दै गरेको देखियो । उसको थाइकटमा सपक्क मिलेको कपाल नराम्ररी बिग्रेको, अनुहार रगत चुहिएला जस्तो आक्रोशले भरिएको, लाल लाल आँखामा उसलाई रणचण्डी बालिकाजस्तै देखियो ।

‘के भए छ यसलाई ? सधैं हँसमुख रहने यो पुतलीलाई कसले के गर्यो आज ? कहिल्यै नरिसाउने मान्छे किन रिसाई यसरी ।’ आश्चार्य मानेर श्रीमतीलाई कराएँ- ‘हैन आज किन चन्द्रमामा ग्रहण लाग्यो ?’ जवाफ पाइनँ। मलाई देख्न नपरोस् भनेर ऊ पिठ्यूँ फर्काएर धुम्मिएर बसेकी छे । उसका प्यारा गुडियाहरू- पप्पी, टाइगर, मङ्की सबै भर्खर सिंहले दपेटेजस्ता भयात्तुर मुद्रामा छरपष्ट छरिएका देखिए ।

‘किन यसरी छरेको होला ?’ भन्ठानेर ‘कसले के ग‌र्यो हँ मेरो गुडियालाई ?’- म कराएँ ।

मेरी श्रीमती बाथरुमबाट निस्केर उसको कोठामा हेरेपछि भनिन् -‘टि.भी. को कमाल टिपी छ यसले । हजुर बाबासँग रिसाएको कार्टून हेर्दै थि टि.भी. मा। आफैले नाटक पो गरिछ । हरे यो डेढ अक्कलीले कति छिटो नक्कल गर्न सक्या होला ?’

‘ए त्यसो पो ? हुन्दे हुन्दे त्यो उमेरमा उसको यो हजुर बाबा पनि कम थिएन ।’ मैले श्रीमतीलाई जवाफ फर्काई नसक्दै चन्द्रिकाले -‘मेरो नाटक कस्तो लाग्यो त हजुरबाबा’ भन्दै मेरो पाइन्टको क्याडबरी राख्ने खल्ती भित्र हात पसाली।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
अनिकालमा धैर्य

अनिकालमा धैर्य

डा. छायादत्त न्यौपाने ‘बगर’
भलो चाहनेहरूको भिड

भलो चाहनेहरूको भिड

फित्काैली डटकम
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x