सीताराम नेपाल भीडको न्याय
त्यसैबेलामा कुसलको मोबाइल बज्यो । उसले छेउ लागेर मसिनो स्वरमा मोबाइलमा कुरा गरेको एक सोझो केटाले सुन्यो। उसले ठूलो आवाजमा कुसलको असलियत खोल्यो ।

सीताराम नेपाल :
मानेले याचना गर्यो -“भयो । पुग्यो। ननङ्ग्याउ यो भन्दा बढी। आइया ! मरेँ !”
भीडबाट कुसल गर्जियो -“अपराधको कबुल नगरी छाड्नु हुँदैन।”
-“मैले तिमीहरूको सेवा गरेको छु जीवन भरी ! के त्यो अपराध हो ?!”
नाङ्गैपारी डोरीले पछाडि लगेर बाँधेको हात चलाउन खोज्दै मानेले नम्र भएर भन्यो।
कुसल झन् कड्कियो -“यसले हाम्रो नाममा अपराध गरेको रैछ भर्खरै भन्यो नि । भन् ! विकासको नाममा बजेट झ्वाम् पारेजसरी क कस्को नाममा के के अपराध गरिस् !”
मानेले फेरि उत्तर दियो -“मैले तिमी गाउँलेहरूको निशुल्क सेवा गरेको जगजाहेर छ त ! म त खुला किताब हुँ । तिमीहरूले थाहै नपाएको जस्तो नगर न बाबै !”
फेरि कुसल गर्जियो -“यो हामीजस्तो सोझो छैन। वर्षौसम्म हामीमाथि रजाइँ गर्ने यो चपरचण्डाल हो । यसको कुरा सुन्नु हुदैन।”
-“यो मानेलाई लोभ लालच नभएको इमान्दार भनेको त होइन पो रच बाइ !”
-“राजनीतिमा कसैको विश्वास नहुने रच गाठे !?”
गाउँलेहरू खासखुस गर्दै थिए।
त्यसैबेलामा कुसलको मोबाइल बज्यो । उसले छेउ लागेर मसिनो स्वरमा मोबाइलमा कुरा गरेको एक सोझो केटाले सुन्यो। उसले ठूलो आवाजमा कुसलको असलियत खोल्यो
-“यो कुसल त दूतावासको हण्डी खाने देशघाती पो रहेछ । यसलाई हामीले रामधुलाई हान्नुपर्छ । समात् !”
यो सुन्नासाथ कुसल कालो पल्सर मोटरबाइक हुँइक्याउदै भाग्यो। उसको ज्याकेटको पछाडी TOB लेखिएको देखियो ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































