साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीडको न्याय

त्यसैबेलामा कुसलको मोबाइल बज्यो । उसले छेउ लागेर मसिनो स्वरमा मोबाइलमा कुरा गरेको एक सोझो केटाले सुन्यो। उसले ठूलो आवाजमा कुसलको असलियत खोल्यो ।

Nepal Telecom ad

सीताराम नेपाल :

मानेले याचना गर्यो -“भयो । पुग्यो। ननङ्ग्याउ यो भन्दा बढी। आइया ! मरेँ !”

भीडबाट कुसल गर्जियो -“अपराधको कबुल नगरी छाड्नु हुँदैन।”

-“मैले तिमीहरूको सेवा गरेको छु जीवन भरी ! के त्यो अपराध हो ?!”

नाङ्गैपारी डोरीले पछाडि लगेर बाँधेको हात चलाउन खोज्दै मानेले नम्र भएर भन्यो।

कुसल झन् कड्कियो -“यसले हाम्रो नाममा अपराध गरेको रैछ भर्खरै भन्यो नि । भन् ! विकासको नाममा बजेट झ्वाम् पारेजसरी क कस्को नाममा के के अपराध गरिस् !”

मानेले फेरि उत्तर दियो -“मैले तिमी गाउँलेहरूको निशुल्क सेवा गरेको जगजाहेर छ त ! म त खुला किताब हुँ । तिमीहरूले थाहै नपाएको जस्तो नगर न बाबै !”
फेरि कुसल गर्जियो -“यो हामीजस्तो सोझो छैन। वर्षौसम्म हामीमाथि रजाइँ गर्ने यो चपरचण्डाल हो । यसको कुरा सुन्नु हुदैन।”

-“यो मानेलाई लोभ लालच नभएको इमान्दार भनेको त होइन पो रच बाइ !”

-“राजनीतिमा कसैको विश्वास नहुने रच गाठे !?”
गाउँलेहरू खासखुस गर्दै थिए।

त्यसैबेलामा कुसलको मोबाइल बज्यो । उसले छेउ लागेर मसिनो स्वरमा मोबाइलमा कुरा गरेको एक सोझो केटाले सुन्यो। उसले ठूलो आवाजमा कुसलको असलियत खोल्यो

-“यो कुसल त दूतावासको हण्डी खाने देशघाती पो रहेछ । यसलाई हामीले रामधुलाई हान्नुपर्छ । समात् !”

यो सुन्नासाथ कुसल कालो पल्सर मोटरबाइक हुँइक्याउदै भाग्यो। उसको ज्याकेटको पछाडी TOB लेखिएको देखियो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहरिया

सहरिया

सीताराम नेपाल
माया

माया

सीताराम नेपाल
ठूलो चोर

ठूलो चोर

सीताराम नेपाल
पाँच हाइकु

पाँच हाइकु

सीताराम नेपाल
हाइकुको हानाहान

हाइकुको हानाहान

सीताराम नेपाल
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x