साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुद्रकली र खगेन्द्रलाई बिदाइ

जाँदै छौ परदेशमा पर तिमी मिल्नेछ तातो जल यी पाखा वन वाटिका झलझली सम्झेर बग्ला भल हाम्रो जन्म कहाँ हुने अनि कहाँ हो कर्मको भूमि खै कस्तो ठाउँ पुगी हुने मरण हो लेखान्त जानिन्न खै ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जाऊ रुद्रकली खगेन्द्र मरुमा हाम्रा युवा छन् जता
लाखौँ हन्डर खानु पर्दछ सधैँ बस्दा र बाँच्दा यता
यस्तो कष्ट सहेर बस्नु ननिको सम्मान होला उता
कैयौंपल्ट मरेर बाँच्नु छ यहाँ भोग्दै सयौँ दासता ।।१

बेचिन्छन् दिनरात भूमि र नदी हाम्रा युवा स्वार्थमा
चेलीका करुणा कथा हृदयका कारुण्यता बाध्यता
यस्तो देश भयो कि पारि नगए चल्दैन मानो यता
भ्रष्टाचार बढेर ढाकिन गयो अग्लो सबै स्वच्छता ।।२

मुर्दा शान्ति छ देशमा गजबको खाने र लुट्ने क्रम
हाम्रा पुत्र कलत्र खेदिन पुगे बेचिन्छ हाम्रो श्रम
यस्तोमा अब भूमिका अघि बढोस् तिम्रो छ त्यो योग्यता
हाम्रा ती बलवाहु जो अनिकझैँ सम्बन्ध जोड्नु उता ।।३

जाऊ भन्न थिएन कत्ति मन यो सन्तानलाई उता
निर्धो राज्य भएर हो कि किन हो सारै अँध्यारो यता
हाम्रो राष्ट्रिय स्वाभिमान बलियो हुन्थ्यो भने सन्तति
आफ्नै यो घर देशमा सब बसी गर्ने थिए उन्नति ।।४

हेर्नेछन् सबले अजङ्ग तन यो आश्चर्य मान्दै अब
यो कस्तो रचना हरे प्रकृतिको हो खेल जानून् सब
आआफ्नो जति हुन्छ कर्म पथको यात्रा चलोस् सौरभ
जन्मस्थान र कर्मभूमि पथको बढ्दै गरोस् गौरव ।।५

जाँदै छौ परदेशमा पर तिमी मिल्नेछ तातो जल
यी पाखा वन वाटिका झलझली सम्झेर बग्ला भल
हाम्रो जन्म कहाँ हुने अनि कहाँ हो कर्मको भूमि खै
कस्तो ठाउँ पुगी हुने मरण हो लेखान्त जानिन्न खै ।।६

छायाँ देख्छु खगेन्द्रमा अनुजका खाडी पसे बोझिल
नारीका अनुहार रुद्रकलिमा उस्तै कठै कोमल
आफ्नो थात र बासमा सयलले खेल्दै घुमेका पल
आँखामा नअटाउने भल बनी बर्सिन्छ मोती जल ।।७

०००
विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x