साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूबाट सिकाैँ (५)

पाकाका नियमादि पालन गरौँ ती छन् बडा मार्मिक पाकाका सुविचारले सफलता दिन्छन् सधैँ हार्दिक चाँडै उठ्नु र सुत्नु पर्छ जनले ज्ञानी निरोगी हुन विद्यार्थी जनले यिनै विषयमा पर्ने चनाखो हुन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सानो होस् खहरे कि वा नद उता घुम्दै बगे तापनि
आफ्नो मार्ग फिरेर बग्छ पछि ता यो मार्ग मेरो भनी
फर्की आउँछ बाह्र वर्ष पछि ता खोलो घुमी भन्दछन्
अर्ती जीवनमार्गका गहकिला पाकाहरू गर्दछन् ।३१
•••
हामी बाहिर निस्किँदा समयमै निस्कौँ र फिर्दा पनि
चाँडै नै घर फर्किने यदि गरे पर्दैन धोका भनी
ती पाकाजनका विचार अहिले बुझ्दा निकै मार्मिक
हाम्रो जीवनमार्ग कोर्न कसिए बुझ्दा अहा! हार्दिक ।३२
•••
यात्रामा म थिएँ र जङ्गल हुँदै बाटो गएको थियो
हाम्रो यान अगाडि लस्कर ठुलो हात्तीहरूको थियो
आहारा जल खोज्न तत्पर थिए सूर्यास्तमा साँझमा
मानौँ गर्न लडाइँ सैन्य टुकडी बोल्दैछ धावा जहाँ ।३३
•••
हात्तीको यस झुन्डमा गजबको मोर्चा बनेको थियो
बच्चा रक्षण गर्न एक बलियो किल्ला सरी देखियो
पाका माउहरू अगाडि, पछि छन् बुझ्दै सबै लक्षण
छावा छन् बिच भागमा र उनको राम्रो छ संरक्षण ।३४
•••
केही जोखिम देखियो यदि भने सङ्केत गर्छन् उनी
वैरीसाथ भिडी समूह सबको गर्छन् सुरक्षा पनि
छन् पाका पछुवाहरू पछि हिँडी रक्षार्थ ती झुन्डमा
शिक्षा मानवनिम्ति यो गजबको प्रारब्धको कुञ्जमा ।३५
•••
भन्छौँ यी पशु हुन् र जङ्गल बसी खान्छन् यिनी घाँस रे
यी पाका पशु जीवभित्र ममता कारुण्य झल्किन्छ जे
यो शिक्षा पशुबाट सिक्न छ अझै मान्छेहरूले यहाँ
पाकाको ममता तथा कुसलता उल्लेख्य हुन्छन् जहाँ ।३६
•••
शिक्षा आर्जननिम्ति को गुरु गरे छन् पाठशाला कहाँ
यस्तो नैतिक पाठ पढ्न कसले उक्साउँदो हो त्यहाँ
होला नीति र योजना विषय के होलान् अरू शिक्षण
पाकाको मन भावना सुमनको गर्ने रह्यो रक्षण ।।३७
•••
कस्तो नीति छ सृष्टिको र कसरी प्राणी बढेका अघि
पाकाबाट बुझेर जीवन कला चाल्दा हुनेछौँ सुखी
बच्चा वृद्ध खुवाउनू प्रथमतः ती भोक मान्छन् भनी
राम्रो रीति बसाउने चलनका आरम्भ कर्ता उनी ।३८
•••
पाकाले अघि भन्दथे धन तथा सम्पत्ति जोगाउनु
मौका आउँछ फोर्नु पर्दछ हिरा यो तथ्य जानी लिनु
पर्ला भोलि विपत्तिको क्षण उसै बेकाम ती खर्चिए
आफ्नो इज्जत राख्नु पर्दछ बिहेमा अक्षता पर्छिए ।३९
•••
पाकाका नियमादि पालन गरौँ ती छन् बडा मार्मिक
पाकाका सुविचारले सफलता दिन्छन् सधैँ हार्दिक
चाँडै उठ्नु र सुत्नु पर्छ जनले ज्ञानी निरोगी हुन
विद्यार्थी जनले यिनै विषयमा पर्ने चनाखो हुन ।४०

क्रमश :

०००
विकास चोक , भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x