साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूबाट सिकौँ (२)

कैयौँ चोट सही फलाम बलियो पाता किला निर्मित कैयौँ चोट सहेर बन्छ गहना ऐश्वर्यले विम्वित जो धेरै उपचार गर्दछ उही राम्रो हुने डाक्टर धेरै वर्ष सिकाउँदै गुण सिके उम्दा हुने मास्टर ।

Nepal Telecom ad

घनश्याम रेग्मी

हाम्रो शिष्ट परम्परा र यसका राम्रो जगेर्ना गरी
नेपाली पन बाँच्न भन्छ उसले यो देश सर्वोपरि
पाका हिम्मतका चढेर गिरिमा संसार हाँक्थे अघि
मौकामा जुन काम गर्न छ भलो निर्दिष्ट गर्छन् कसी ।६
•••

पाका खप्पिस तर्क गर्न अघिका शास्त्रोक्त सम्पादक
भोको पेट लडे तथापि अरिका छिन्थे गला मस्तक
हो हाम्रो इतिहास रक्तिम खुँडा चोपेर काली तरे
गौराङ्गी जन खेद्न कम्मर कसी निर्माण किल्ला गरे ।७
•••

आफ्नोमात्र नसोच सोच सबको साझा छ धर्ती भनी
सच्चा मानव भावना लिन सके सर्वोच्च मान्छे जुनी
बिस्तारै हिँडिए पुगिन्छ सजिलै गम्भीर हामी बनौँ
पाकाका मन भावना सब बुझी सद्भाव छर्ने गरौँ ।८
•••

दिन्छन् ओत बढेर वृक्ष बलिया हाँगा जरा फैलिई
फल्छन् वृक्ष अनेक मिष्ट फल ती वर्षा र गर्मी पिई
वर्षौँ घाम झरी बतास जसले खेपे भई सुस्थिर
सोही वृक्ष हुनेछ काठ बलियो आवास धान्ने भर ।९
•••

कैयौँ चोट सही फलाम बलियो पाता किला निर्मित
कैयौँ चोट सहेर बन्छ गहना ऐश्वर्यले विम्वित
जो धेरै उपचार गर्दछ उही राम्रो हुने डाक्टर
धेरै वर्ष सिकाउँदै गुण सिके उम्दा हुने मास्टर ।१०
क्रमश:

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x