साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बोल्ने भाव सुमार्ग योग्य गुरुमा विद्या अनेकौँ थरी।। मार्गी ज्ञान र शिल्प बाल जगका सत्ज्ञान संस्कार हुन्। हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।

Nepal Telecom ad

ढकाल शिखरनाथ बेलकाेटे कवि :

दाता जन्मदिने, र योग्य गुणका सन्तानका, चिन्तन ।
हुन् सारा जनका अबोध मनका आधार ती जीवन ।।
चल्ने प्राण बचाउने शुभ सुधा झन् देवका प्यार छन्।
हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।१

प्यारो प्रेम गरी अबोध शिशुको पक्री दुवै हातमा।
धर्दै चुम्बन प्रेमले हृदयको राखेर झन् काखमा ।।
पक्री गाथ उठाउने विनयले सम्भारका सार हुन्।
हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।२

धर्ती टेक्न सिकाउने सुरसको वाणी सुधाको धरी।
बोल्ने भाव सुमार्ग योग्य गुरुमा विद्या अनेकौँ थरी।।
मार्गी ज्ञान र शिल्प बाल जगका सत्ज्ञान संस्कार हुन्।
हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।३

भोगी कष्ट अनेकका कठिनले सन्तान मेरा भनी।
सारा जीवन भोग्य योग्य पथमा सुम्पी सुमार्गी बनी।।
खुल्ने दिव्य मुहान सभ्य विधिका सर्वत्र साकार हुन्।
हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।४

हुन्छन् यी गुण योग्य धीर कसरी सन्तान मेरा भनी।
उम्दा सोच विचार गोप्य मनमा आसा अनेकौँ बनी।।
सोच्ने सादर भावले सुभ सदा आभारका सार छन्।
हाम्रा पुज्य बुबामुमा हृदयका सर्बोच्च आधार हुन्।।५

०००
बेलकोट – ११, नुवाकाेट । हाल ; बालाजु, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x