साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूबाट सिकाैँ (७)

सेलाएर अनाज सम्य बनिए थन्क्याइएका जब मौकामा बिउ राख्न मिल्दछ कुरा सम्झिन्छ पुस्ता अब यो पुस्ता बिउ राख्नका समयमा दोकानमा दौडिने त्यो बेला बिउ पाइएनछ भने सङ्घर्षमा उत्रिने ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

पानी घट्ट र नाँउ गाउँ घरमा पाका कलाले बने
मोही पार्न कला पुगेन यदि ता नौनी कहाँ हो हुने
नौला आज तमाम वस्तु जति छन् राम्रो परीक्षा गरी
पाका चिन्तनबाट आज बनिए पाका समाधार यी । ५१

पर्दा आपत हुन्न आत्तिन भनी सल्लाह पाका दिने
वा केही घटना भए पनि यसो , यो गर्नु सम्झाउने
पाका मानिस हुन् मियो पर नजा तानेर राख्छन् वर
तान्ने छैन भने त जीवन बगी एक्लेर जाने पर ।५२

थाकेनन् घरका दिदी र बहिनी आमाहरू काममा
जाँतो पिन्नु ढिकी कुटी रसदको जोहो गरेका जहाँ
उस्तै पौरख गर्दथे पुरुषझैँ मेलो हुँदा कामका
राम्रो स्वास्थ थियो सफा घर थिए हुन्थे कुरा रामका ।५३

चाँडै नै घरमा उठेर परको खोला पँधेरा गई
प्रातःस्नान गरेर शुद्ध र सफा पानी सुधाझैँ लिई
बोकी ल्याउनु दैनिकी पिठिउमा डोको र नाम्लो गरी
यस्ता काम हुँदा शरीर बलिया सौन्दर्य देख्दा परी ।५४

के को मर्निङ वाक जीम परको आफ्नो गृहस्थी गरे
निद्रा मस्त सुते बिहान कुखुरा बास्दा उठेका अरे
साना ती कलिला मुना हजुरबाआमा सँगै हुर्किए
त्यो संयुक्त बसाइले सुमनमा आदर्श शिक्षा दिए ।५५

राम्रो मेल हुने जहान सबमा त्यो एकता बन्धन
पाकाकै परिपाठबाट घरका खुल्थे भए उल्झन
वृद्धा वृद्ध र बालकादि सबको एकै धरालो हुँदा
हुन्थे फुर्सद काममा मन दिई जुट्थे नगाँसी फुँदा ।५६

गर्दै काम बिहान साँझ घरका खेती र पाती भरे
सुत्केरी सजिलै भए घरघरै ब्यायाम पुग्दा गरे
नारीवैद्य खटेर सो प्रशवका बेला समाल्थे सब
त्यो पाकोपन युक्ति जाँगर कता लौ सोच मान्छे अब ।५७

फेरिन्छन् ऋतु चक्र, काम घरका उस्तै गरी फेरिने
खेतीका तरिका र पद्धति सबै उस्तै गरी फेरिने
यो बेला बिउ राख्न जोत्न छ गरा बाँझो भएको जिमी
पाका हो अब कामका विषयमा सल्लाह देऊ तिमी ।५८

पाकाले अघि यत्नले फल दिने भण्डार गर्थे बिउ
बाला छान्न लगाउँथे असल ती आरोग्य उम्दा बिउ
बाला पुष्ट र पोटिलो छ जसको, पारेर राम्रो दिन
काट्थे फेरि सुकाउँथे विधि थियो पारेर छायांकन ।५९

सेलाएर अनाज सम्य बनिए थन्क्याइएका जब
मौकामा बिउ राख्न मिल्दछ कुरा सम्झिन्छ पुस्ता अब
यो पुस्ता बिउ राख्नका समयमा दोकानमा दौडिने
त्यो बेला बिउ पाइएनछ भने सङ्घर्षमा उत्रिने ।६०

क्रमश:

०००
विकास चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x