फित्काैली डटकमसुसेली साहित्यिक परिवारको २४ औं साधारणसभा सम्पन्न
साधारण सभाले सुभद्रा भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेकाे छ । उपाध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना, सचिवमा कनकबहादुर कार्की, सहसचिवमा मदन अधिकारी, कोषाध्यक्षमा भूवन सुब्बा निर्वाचित ।
झापा । सुसेली साहित्यिक परिवारको २४ औं साधारणसभाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।
साधारण सभाको अध्यक्षता परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले, प्रमुख आतिथ्य प्रगतिशील लेखक संघ, कोशीप्रदेश अध्यक्ष कवि विन्दु दाहाल ‘मूकदर्शक’ले तथा विशिष्ट आतिथ्य संविधानसभा सदस्य तथा सुसापका सल्लाहकार माननीय रविन कोइराला, सहप्राध्यापक मुनाकिरण डाँगी कोइराला, अक्षयकोष दाता द्वय शिव अधिकारी ‘इलामे जेठो तथा पार्वती खरेल हुनुुहुन्थ्यो ।
सचिव कनकबहादुर कार्कीले सन्चालन तथा उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत गरेर अघि बढेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले कविता वाचन तथा कार्यक्रम समुद्घाटनको घोषणा गरेर गर्नुभयो । त्यसपछि कविहरु क्रमशः शिरो सान्दाइ, हरिप्रसाद नेउपाने, शिव अधिकारी ‘इलामे जेठो’, शारदा कोइराला, होम सुवेदी, चन्दा खरेल, दमयन्ती गिरी, मिरा पोखरेल, मिना अधिकारीले कविता सुनाउनु भयो भने मातृका सङ्ग्रौलाले मिठो स्वरमा गीत सुनाउनु भयो । केन्द्रप्रसाद भट्टराईले हँस्यौली प्रस्तुत गर्नुभयो ।
त्यसपछि मुख्य कार्यक्रम साधारण सभातिर प्रवेश गर्यो । अध्यक्ष पुण्यप्रसाद खरेलले सुसेलीको ऐतिहासिक रुपरेखासहित पछिल्लो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष भूवन सुब्बा अपरिहार्य कामले उपस्थित हुन नसक्नु भएकाले सचिवले यस परिवारको यस कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभाका प्रक्रिया अनुसार यस साधारण सभाले सुभद्रा भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना, सचिवमा कनकबहादुर कार्की, सहसचिवमा मदन अधिकारी, कोषाध्यक्षमा भूवन सुब्बा, सदस्यहरूमा क्रमश: कल्पना ओली, नमुना निरौला दाहाल, दमयन्ती गिरी,
दुर्गा अधिकारी भेटवाल, जयन्ती खरेल निर्वाचित हुनु भएकाे छ । बाँकी सदस्यहरु क्षेत्रीयता, विधा आदि समावेशीताको ख्याल गरी समितिले मनोनित गर्ने गरी जनादेश सभाले दिएकाे छ ।
अध्यक्ष मण्डलका अध्यक्ष रविन कोइरालाले उपर्युक्त समितिको घोषणा गरी छोटो मन्तव्यसहित अध्यक्ष मण्डल पनि विघटन भएको जानकारी गराउनुभएकाे थियाे ।
नवगठित समितिका अध्यक्ष सुभद्रा भट्टराईले सुसेली साहित्यिक परिवारलाई उतिकै लगनशीलताका साथ सशक्त रुपमा अगाडि बढाउन मिहिनेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने प्रमुख अतिथि विन्दु दाहाल ‘मूकदर्शक’ले साहित्य लेखनका शैली, महत्व, तात्पर्य आदिबारेमा परिचर्चा गर्दै सुसेली अझै फुलाउन फलाउन नयाँ समिति सफल हुनेछ भन्ने शुभकामना र नयाँ समितिका सबैलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।
अन्त्यमा अध्यक्षले नयाँ समितिलाई बधाई, आजको कार्यक्रमको गरिमा बढाउँदै उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, सुसापका प्रतिनिधि सबैलाई कृतज्ञतासहित हार्दिक धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रम गर्ने हल उपलब्ध गराई प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रम सफल पार्न सघाउ पुर्याउने काँकरभिट्टा क्याम्पसका प्रमुख, क्याम्पस परिवार सबैप्रति आभार र धन्यवाद प्रकट गर्नुभयो ।
उपर्युक्त व्यक्तिहरुका अतिरिक्त कार्यक्रममा युवराज दाहाल, सहायक प्राध्यापक सन्देश कोइराला, माधव पौडेल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, लिजा किस्कू, केशव आचार्यसहित ४० जनाजतिको उपस्थिति रहेको रह्यो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































