साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ज्वल अधिकारीको ‘अस्तित्वको ब्रह्माण्ड’ कविताकृति लोकार्पित 

कवि दिनेश अधिकारी, कवि एवम् गीतकार श्रवण मुकारुङ र प्रतिसरा सायमी, कविका काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुवेदी र कवि अधिकारीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ । कवि प्रज्वल अधिकारीको कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ शनिबार लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा गीतकार एवम् कवि दिनेश अधिकारी, कवि एवम् गीतकार श्रवण मुकारुङ र प्रतिसरा सायमी, कविका काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुवेदी र कवि अधिकारीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयो ।

कृति लोकार्पणपछि सङ्ग्रहमाथि टिप्पणी गर्दै कवि मुकारुङले साहित्य सिर्जनामा ध्यान र चिन्तनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कविले गर्ने गहिरो ध्यानबाट चिन्तन जन्मिने र त्यही चिन्तनले गहन कविता सिर्जना गर्न प्रेरित गर्ने उहाँको भनाइ थियो । “जीवनका अप्ठ्यारा र सङ्घर्षपूर्ण परिस्थितिबाटै साहित्य सिर्जनाका विषय र भाव जन्मिन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, गीतकार एवम् कवि दिनेश अधिकारीले कवि प्रज्वल अधिकारीको सिर्जनात्मक क्षमताको प्रशंसा गर्नुभयो । उहाँले प्रज्वललाई पहिलोपटक कविता वाचन गरेको सुनेदेखि नै आफू प्रभावित भएको स्मरण गर्दै साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x