साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्चुअल भेलाले बुढ्यौली साहित्य समाज मधेस प्रदेश समिति चयन

साहित्यकार रमेशमोहन अधिकारीको संयोजकत्वमा बसेको भर्चुअल भेलाले बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन गरेको छ।

Nepal Telecom ad

हेटाैडा । साहित्यकार रमेशमोहन अधिकारीको संयोजकत्वमा बसेको भर्चुअल भेलाले बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन गरेको छ।

सर्लाहीका कवि लम्बोदर काफ्लेको अध्यक्षतामा बनेको सो समितिमा उपाध्यक्षमा पर्साकी कवयित्री सीता पन्थी र सचिवमा महोत्तरीका छन्दकवि रामचन्द्र पौडेल रहनुभएको छ ।

यसै गरी सदस्यहरूमा रौतहटकी कथाकार रेणु गुप्ता, सर्लाहीका कथाकार रामचन्द्र महतो कुशवाहा, सिराहाका आख्यानकार नन्दलाल आचार्य, सिराहाकै छन्दकवि गणेश अधिकारी, महोत्तरीका छन्दकवि लालबाबु पोखरेल, सप्तरीकी लघुकथाकार एन्जेल निलु, बाराका नियात्राकार रामप्रसाद अधिकारी, सर्लाहीका केदारनाथ सिग्देल तथा धनुषाका नानीबाबु दाहाल रहनुभएको छ।

मधेस प्रदेशका आठओटा जिल्लामा सातओटा समिति बनेका छन् । ती जिल्लाले परस्परमा नजुध्ने गरी वर्षभरिमा बाह्रओटा कार्यक्रम गर्ने गर्दछन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x