साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यवस्था

"नबोल्नुस्। यो नै व्यवस्था हो। जो बोल्छ, ऊ कोठाबाहिर हुन्छ। अनि कोठाबाहिर हुनेलाई भित्र के हुन्छ थाहा हुँदैन।" म चुपचाप निस्कन खोजेँ। ढोका भित्रबाट मात्र खुल्थ्यो, तर चाबी भने बाहिर थियो।

Nepal Telecom ad

दुर्गा पी अधिकारी :

गाउँमा हल्ला चल्यो — ठूलो मान्छे आउँदैछन् रे !
पन्चायत अध्यक्षले चिया पसलको बेन्चमै उभिएर घोषणा गरे, “आज विकासको कोठा खोलिँदैछ !”
“कोठा ? कस्तो कोठा ?” मैले सोधेँ।
“भित्र पसेपछि मात्र थाहा हुन्छ,” अध्यक्षले रहस्यमय हाँसो हाँसे।
साँच्चै एउटा कोठा बनाइएको रहेछ। न झ्याल, न प्वाल। एउटा मात्र ढोका, त्यो पनि भित्रबाट मात्र खुल्ने। बाहिर ठूलो बोर्ड — “जनता सेवा केन्द्र”।
एकजना किसान आफ्नो गोरु हराएको निवेदन बोकेर ढोकामा पस्न खोजे। भित्रबाट आवाज आयो — “फारम भर्नुस्।”
“फारम कता छ ?”
“कोठाभित्र छ।”
“अनि कोठाभित्र कसरी पस्ने ?”
“फारम भरेपछि।”

एक युवती रोजगारीका लागि पसिन्। भित्रबाट सोधियो — “अनुभव छ ?”
“छैन। काम पाएपछि हुन्छ नि।”
“अनुभव नभई काम छैन, काम नभई अनुभव छैन। तपाईं कोठाभित्रै हुनुहुन्छ, बधाई छ !”
अब भने मेरो पालो भित्र पसेँ। सोध्न मन थियो — यो कोठा केका लागि भनेर।
भित्र टेबल थियो, कुर्सी थियो, फाइलका थाक थिए। मान्छे थिएनन्। भित्तामा लेखिएको थियो :
“तपाईं कोठाभित्र हुनुहुन्छ।
बाहिर निस्कन चाहनुहुन्छ भने
कृपया कोठाभित्रै निवेदन दिनुहोस्।”

मैले वरिपरि हेरेँ। पर अँध्यारो कुनामा दुईजना कागजमा केही लेख्दै थिए, मैले बुझिनँ के लेख्दैछन्। एकजनाले मलाई छेउमा आएर कानेखुशी गरे—
“नबोल्नुस्। यो नै व्यवस्था हो। जो बोल्छ, ऊ कोठाबाहिर हुन्छ। अनि कोठाबाहिर हुनेलाई भित्र के हुन्छ थाहा हुँदैन।”
म चुपचाप निस्कन खोजेँ। ढोका भित्रबाट मात्र खुल्थ्यो, तर चाबी भने बाहिर थियो।

०००
अप्पर तिनेक, सिङ्ताम सिक्किम।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x