साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाग किन देखाइस् भनी ऐना बदनाम छ

​यथार्थ लुकाउन सधैँ महँगो तामझाम छ, इमान बेकाम गर्न झूटको छलछाम छ। पसिना बगाउनेको पेटमा भोक अविराम छ, दाग किन देखाइस भनी ऐना बदनाम छ।।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​हाम्रो मौनताले गर्दा उनलाई आराम छ,
सत्यको सिरानीमा असत्यको मुकाम छ।
सही बाटो लाग्ने माथि आरोप तमाम छ।
दाग किन देखाइस भनी ऐना बदनाम छ।। १।

​दुष्चरित्र चर्चित यहाँ, चोखो गुमनाम छ,
भाषणको भीडमा नैतिकता लिलाम छ।
झूटको पोको बोक्नेले पाउँछ इनाम छ,
दाग किन देखाइस भनी ऐना बदनाम छ। २।

​कलमको मोल सस्तो, कुर्सीको चर्को दाम छ,
आँखा चिम्ली बस्नेलाई गरिन्छ सलाम छ।
प्रश्न सोध्ने जिब्रोलाई थुन्ने कडा इन्तजाम छ,
दाग किन देखाइस भनी ऐना बदनाम छ। ३।

​यथार्थ लुकाउन सधैँ महँगो तामझाम छ,
इमान बेकाम गर्न झूटको छलछाम छ।
पसिना बगाउनेको पेटमा भोक अविराम छ,
दाग किन देखाइस भनी ऐना बदनाम छ।। ।४।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x