साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

उत्तर-आधुनिक गुरुहरुबाट बच्न खोजिरहेको छु बुद्ध‚ सुन त यतिखेर म क्रोधित एवम् भ्रमित गुरुका आज्ञाहरु उल्लङ्घन गर्न खोजिरहेको छु ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

भिड अलमलिएको समय छ
थाहा छैन भिडलाई‚ यो हुन्छ कि हुँदैन ?
बोध छैन भिडलाई‚ के हुन्छ‚ के हुँदैन ?
जानकारी छैन भिडलाई‚ किन हुन्छ‚ किन हुँदैन ?
फेरी पनि चुप छैनन्
र अधैर्य देखिन्छन् भिडहरु

उधिनेर बुद्धि‚ विवेक र धैर्य
नङ्ग्याइरहेछ क्षण प्रतिक्षण
सामाजिक सञ्जाल भिडहरुलाई
भिडहरु सगर्व आफुले लगाएको लुगा
आफ्नै मर्जिले उतारिरहेछन्‚ क्षण प्रतिक्षण नाङ्गिइरहेछन्
बुद्धि‚ विवेक र धैर्य निरन्तर गुमाइरहेछन्

म सोच्छु‚ यो समय
कुनै ऋषिहरु ध्यान गरेर मौन बस्न सकेका छैनन्
लाग्छ‚ कुनै क्रोधित र भ्रमित गुरुलाई
गुरु दक्षिणा दिनका लागि
अन्धभक्त अंगुलिमालहरु
यतिखेर सामाजिक सञ्जालको घना जङ्गलभित्र भौंतारिइरहेछन्
वास्तवमा‚ उत्तर-आधुनिक समयको अंधकार चिरेर
सामाजिक सञ्जालको घना जङ्गल भित्र
कुनै बुद्ध प्रकट हुन ढिलो भइरहेछ
र प्रत्येक अंधभक्त अंगुलिमालहरु
सामाजिक सञ्जालले हातमा थमाईदिएको
भुत्ते खुँडाले आफ्नै बुढी औंला काटेर
आफैँ छटपटाइरहेको देखिरहेछु
आफ्नै मन र मस्तिष्कलाई घाइते बनाएर
अधैर्य एवम् निरर्थक दौडमा दौडिरहेको देखिरहेछु

बुद्ध
यतिखेर म क्रोधित एवम् भ्रमित
उत्तर-आधुनिक गुरुहरुबाट बच्न खोजिरहेको छु
बुद्ध‚ सुन त
यतिखेर म क्रोधित एवम् भ्रमित
गुरुका आज्ञाहरु उल्लङ्घन गर्न खोजिरहेको छु
साँच्चै बुद्ध
यतिखेर म निकै व्यग्रताका साथ
तिम्रो आगमनको प्रतिक्षा गरिरहेको छु
के साँच्चै तिमी आउँदै छौ ?
कि तिमी पनि आफ्नो गन्तव्यको
‘लोकेसन ट्र्याक’ गर्न नसकेर
यही उत्तर-आधुनिक सञ्जालको
घना जङ्गलभित्र कतै हराईसकेका छौं ?

०००
काठमाडाैं
२०८३ असोज १४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Dipa rana
Dipa rana
9 days ago

वाह ! सटिक कविता 😍

Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
1
0
Would love your thoughts, please comment.x
()
x