साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

उत्तर-आधुनिक गुरुहरुबाट बच्न खोजिरहेको छु बुद्ध‚ सुन त यतिखेर म क्रोधित एवम् भ्रमित गुरुका आज्ञाहरु उल्लङ्घन गर्न खोजिरहेको छु ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

भिड अलमलिएको समय छ
थाहा छैन भिडलाई‚ यो हुन्छ कि हुँदैन ?
बोध छैन भिडलाई‚ के हुन्छ‚ के हुँदैन ?
जानकारी छैन भिडलाई‚ किन हुन्छ‚ किन हुँदैन ?
फेरी पनि चुप छैनन्
र अधैर्य देखिन्छन् भिडहरु

उधिनेर बुद्धि‚ विवेक र धैर्य
नङ्ग्याइरहेछ क्षण प्रतिक्षण
सामाजिक सञ्जाल भिडहरुलाई
भिडहरु सगर्व आफुले लगाएको लुगा
आफ्नै मर्जिले उतारिरहेछन्‚ क्षण प्रतिक्षण नाङ्गिइरहेछन्
बुद्धि‚ विवेक र धैर्य निरन्तर गुमाइरहेछन्

म सोच्छु‚ यो समय
कुनै ऋषिहरु ध्यान गरेर मौन बस्न सकेका छैनन्
लाग्छ‚ कुनै क्रोधित र भ्रमित गुरुलाई
गुरु दक्षिणा दिनका लागि
अन्धभक्त अंगुलिमालहरु
यतिखेर सामाजिक सञ्जालको घना जङ्गलभित्र भौंतारिइरहेछन्
वास्तवमा‚ उत्तर-आधुनिक समयको अंधकार चिरेर
सामाजिक सञ्जालको घना जङ्गल भित्र
कुनै बुद्ध प्रकट हुन ढिलो भइरहेछ
र प्रत्येक अंधभक्त अंगुलिमालहरु
सामाजिक सञ्जालले हातमा थमाईदिएको
भुत्ते खुँडाले आफ्नै बुढी औंला काटेर
आफैँ छटपटाइरहेको देखिरहेछु
आफ्नै मन र मस्तिष्कलाई घाइते बनाएर
अधैर्य एवम् निरर्थक दौडमा दौडिरहेको देखिरहेछु

बुद्ध
यतिखेर म क्रोधित एवम् भ्रमित
उत्तर-आधुनिक गुरुहरुबाट बच्न खोजिरहेको छु
बुद्ध‚ सुन त
यतिखेर म क्रोधित एवम् भ्रमित
गुरुका आज्ञाहरु उल्लङ्घन गर्न खोजिरहेको छु
साँच्चै बुद्ध
यतिखेर म निकै व्यग्रताका साथ
तिम्रो आगमनको प्रतिक्षा गरिरहेको छु
के साँच्चै तिमी आउँदै छौ ?
कि तिमी पनि आफ्नो गन्तव्यको
‘लोकेसन ट्र्याक’ गर्न नसकेर
यही उत्तर-आधुनिक सञ्जालको
घना जङ्गलभित्र कतै हराईसकेका छौं ?

०००
काठमाडाैं
२०८३ असोज १४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x