साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन के छ त्यस्तो हाम्रो देशमा…

किला ठोकेका बुटहरुले किन पटक पटक टेकिरहेछन् हाम्रा काँधहरुमा ? रिसल्लाले दौडाएका घोडाका टापहरुले किन पटक पटक कुल्चिरहेछन् हाम्रा सपनाहरुमा ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

माग्नेहरु‚ माग्दामाग्दै धनी हुनु अनौठो थिएन
घरबार त्यागेका जोगीहरु
भिक्षा लिदालिँदै धनी भएको देखियो
ब्यापारीहरु ऋणमा डुब्दै
घरबार बेचेर सडकमा पुगेको पनि देखियो
पढे लेखेकाहरु काम खोज्दै
विमान चढेर विदेशिन परेको पनि देखियो
हैन के छ त्यस्तो हाम्रो देशमा-
वर्षौं देश चलाएर भीमसेन थापाहरुले
फेरी आत्महत्या गरेको पनि पढियो

राजनीतिका होलटाइमर अनि महात्मा जोगीहरुले
महँगा मुलायम बस्त्रहरु
खुशीसाथ पहिरिएको देखियो
उपहारका महँगा घडीहरु
फूर्तिसाथ स्वीकारेको पनि देखियो
भक्तजनका आलिसान महलहरुमा
निर्धक्क डेरा जमाएको पनि देखियो
र मालिक नखुलेका‚ चिल्ला गाडीहरु
गर्वसाथ चढेको पनि देखियो
न अख्तियारको दुरुपयोग‚ न लेखापरीक्षणको बेरुजु
न मालिकको खटन‚ न समयको चाल
हैन के छ त्यस्तो हाम्रो देशमा-
बाइनाकुलर बोकेर हातमा शासकहरुले
हरेक वर्ष घोडेजात्रा हेर्ने गरेको पनि देखियो

थाहा छैन केका लागि
खेल्छन् परेड र देखाउछन् कौशल ?
गर्छन् परिक्रमा जुद्ध शमसेरको शालिकको
र ढोग्छन् शीर राखेर उन्मत्त भैरबको पाउ
थाहा छैन केका लागि
थपडी बजाउछन् सिंहदरबार जलेकोमा
उद्यमीहरुलाई जेल कोचेकोमा
अनि किन खुशी हुन्छन् उद्योगहरु बन्द गराएकोमा ?
हैन के छ त्यस्तो हाम्रो देशमा-
नरदेवीमा बलि चढाएर अझै निरपराध किशोरहरु
टाउको नदेखिने मूर्कट्टाहरु दिउँसै उदाएको पनि देखियो

आलगोरिदमसँगै जन्मिएका नयाँ भीडहरु
विचार सून्य
विवेक सून्य
मूल्य सून्य
चेतना सून्य
गन्तव्य सून्य
लाग्छ कुनै ताण्डव नृत्यको तयारीमा रहेको
एक काल्पनिक शीवजीसँग
हामी सुख‚ शान्ति र समृद्धीको भीख मागिरहेछौं
लाग्छ‚ कुनै लार्ज डेटा सेन्टरमा एक्सेस भएको
प्रश्नहरुको जवाफ दिन तयारी अवस्थामा रहेको
कुनै अदृष्य एआईलाई‚ फेरि भगवान थापेर
हामी‚ मन्दिर बनाउने तयारी गरिरहेछौं
हैन के छ त्यस्तो हाम्रो देशमा-
किला ठोकेका बुटहरुले
किन पटक पटक टेकिरहेछन् हाम्रा काँधहरुमा ?
रिसल्लाले दौडाएका घोडाका टापहरुले
किन पटक पटक कुल्चिरहेछन् हाम्रा सपनाहरुमा ?
लाग्छ हामी रातमा फसल काटिरहेका छौं
र दिनमा सपना देखिरहेका छौं।

०००
काठमाडाैं
२०८२ चैत १९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x