साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउता‚ अनि तिमी चाहिँ किन चुप ?

तिमी अर्थात् एक पहिचानविहीन ढुँगालाई बर्षौं लगाएर कुँदेर देउताको रुप दिएको छु भक्तजन! कृपया‚ तपाईंहरु यतिखेर बोल्न जरुरी छैन पुजारी ! बिन्ति‚ तपाईंहरु पनि चुप लाग्नुस देउता‚ अनि तिमी चाहिँ किन चुप ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

धैर्यतापूर्वक मिहीन ढँगले खोप्दै‚ हत्केलाले मुसार्दै
मुलायम रुमालले पुछ्दै‚ महिनौं लगाएर
बर्षौंदेखि बगरमा लडिरहेको ढुँगालाई
हामीले नै बनायौं देउता
आफ्नै जग्गा दान गर्यौं‚ देउसी‚ भैलो खेल्यौं
जगात माग्यौं‚ चन्दा उठायौं र मन्दिर बनायौं
अनि यिनै हातले कुँदेको तिमीलाई
आस्थाको देउता बनाएर मन्दिरमा प्रतिस्थापन गर्यौं
तिम्रै नाममा सप्ताह लगायौं र महायज्ञ गर्यौं
पुजारी राख्यौं र साँझ बिहान तिम्रो आरती उतार्न थाल्यौं
त्यसपछि हामीले भ्रम र अन्धविश्वासरुपी
पुलिस र सेना तिमीलाई सुम्पियौं हामीमाथि शासन गर्न
र हामी आफैँ डराउन थाल्यौं तिमीसँग
लाम लागेर मन्दिरको ढोकामा
फगत्! तिम्रो दर्शनका लागि उभिन थाल्यौं
भेटी र नैबेद्य चढाउन थाल्यौं‚ भाकल गर्न थाल्यौं
र तिम्रो नाममा‚ निरपराध राँगा‚ बोका‚ कुखुरा
हाँस र परेवाहरुको बली चढाउन थाल्यौं
आफैँले बनाएर तिमीलाई देउता
हामी तिमीसँगै डराउन थाल्यौं
यतिखेर म डराई डराई तिमीसँगै प्रश्न गरिरहेको छु-
देउता आस्था हो कि भ्रम ?
देउता शक्ति हो कि डर ?
देउता मुक्ति हो कि बन्धन् ?
म त्यही मानिस हुँ जसले बगरमा बरालिएको
तिमी अर्थात् एक पहिचानविहीन ढुँगालाई
बर्षौं लगाएर कुँदेर देउताको रुप दिएको छु
भक्तजन! कृपया‚ तपाईंहरु यतिखेर बोल्न जरुरी छैन
पुजारी ! बिन्ति‚ तपाईंहरु पनि चुप लाग्नुस
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

०००
३ जेठ २०८३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x