साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता

सामर्थ्य हाँक्ने खेलमा अग्रांश हाबी हो कि त लोभ्याइको आकाशमा आकाशिने वैदेशिक। तत्काल धावा साथमा खेद्ने बनाई योजना भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता।

Nepal Telecom ad

सिर्जना खनाल :

नेपाल हाम्रो सान हो रक्षार्थ हामी खट्दछौँ
प्रेक्षा उज्यालो दीप हो बालेर रक्षा गर्दछौँ।
विश्वस्त छानो भत्किए हैरान उस्तै तिक्तता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता।१।

जाज्वल्य आभा छर्दछन् अग्ला हिमाली शृङ्खला
लोभिन्छ आँखा सृष्टिमा दृश्यावली आधारमा।
भूसम्पदाको दाउमा खप्टेर जाली कूटता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता।२।

सौन्दर्य लाली दृष्टिमा पोतेर आँखा तर्दछन्
विश्वास राखी शब्दमा मस्तिष्क दाह्रा किट्दछन्।
जाली मिचाहा भित्रिए चैतन्य होला कम्पित
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता।३।

संस्कार राम्रो सभ्यता आदर्श आर्स्या चेतना
सद्भाव हाम्रो भावमा सर्वोच्चताको मापन ।
आघात पार्ने शक्तिको सातो बनी संवद्धता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता। ४।

सामर्थ्य हाँक्ने खेलमा अग्रांश हाबी हो कि त
लोभ्याइ अन्तर्वेगमा चौडा बने वैदेशिक।
उद्दण्ड धावा जोडले नेपाल खाने दाउमा
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता। ५।

०००
भैरहवा , रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छुटेको भोज

छुटेको भोज

सिर्जना खनाल
वृद्धवृद्धा

वृद्धवृद्धा

सिर्जना खनाल
वृद्ध माया मिठो

वृद्ध माया मिठो

सिर्जना खनाल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x