साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

सँगसँग तरकारी टिप्न खाेज्छिन् सघाई अलिकति सहयाेगी भावना जग्मगाई चुलबुल जब गर्छिन् भिन्न आभास हुन्छ घर घर जब छाेरी रम्दछिन् स्वर्ग हुन्छ ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

जब घर तनुजा छन् काेखकी रत्न दिव्य
वचन मधुर धेरै लाग्छ हाँसाे पवित्र
वचपन वयमा छन् सिक्नमा ध्यान हुन्छ
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ । १ ।

छुनुमनु नित गर्छिन् चञ्चली छन् असाध्यै
गन गन पनि गर्छिन् किन्तु माया छ साह्रै
गृह कलह यिनैकाे साथले शान्त हुन्छ
घर घर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ ।२ ।

घर वरपर गर्छिन् नित्य राम्राे सफाइ
रजगज पनि लाग्ने राख्न खाेज्छिन् सजाई
अतिथि यदि भएमा मान सम्मान हुन्छ
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ । ३ ।

छमछम जब नाच्छिन् आँगनैमा घुमेर
मन मुदित बनाई खेल्न खाेज्ने उमेर
मुसुमुसु मृदु हाँसाे भिन्न आनन्द हुन्छ
घर घर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ । ४ ।

सँगसँग तरकारी टिप्न खाेज्छिन् सघाई
अलिकति सहयाेगी भावना जग्मगाई
चुलबुल जब गर्छिन् भिन्न आभास हुन्छ
घर घर जब छाेरी रम्दछिन् स्वर्ग हुन्छ । ५ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
कस्ताे प्रजातन्त्र हाे ?

कस्ताे प्रजातन्त्र हाे ?

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x