साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल्दै नबोल्ने भयो

भागी हिड्छ सधै बिना कसुरको, कैदी बनेको छ जो। अर्काको इसरा बुझेर चलने, कैदी सरीको त हो।। बाबाको रिसले बिगार गरदै, आगो लगायो घर। पोलेको घरको बसेर अहिले, हेर्दैछ पाजी पर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

सोधेमा जनले खुला हृदयले, बोल्दैन केही पनि।
जस्ले शासन गर्छ कोर्ध मनले, सद्दाम जस्तो बनी।।
औसीको जुनझै हराउँछ सधै, भेटिन्न केही गरि।
सुन्ने हैन कुरा विद्वान जनको, गर्दैछ ऊ मनपरी।।

दारी काट्न समेत फुर्सद नभै, काट्दैन दारी कबै।
जम्मा गर्छ जताकतै सहरमा, आफू सरीका सबै।।
सेवन गर्छ नसा मिले जतिसबै, छोड्दैन केही पनि।
फुर्ती गर्छ सधै हुनेर नहुने, राजा मनै हो भनी।।

कालो पैरनमा सजिन्छ जहिलै, कालैछ भित्री मन।
केही छैन इलम बिना इलिमको, जोड्यो कसोरी धन।।
जोखेको छ सधै हिरा र अबरख् , भेट्दैन सरकारले।
जोडेको छ सुना हिरा र अबरख्, उद्योग ऊ गर्छके।।

उल्टो काम गरीरहेछ अहिले, जे काम गर्दैछ ऊ।
भागी हिड्छ सधै भएभित हुँदै, सामुन्य पर्दैन ऊ।।
कस्को काम गरी रहेछ उसले, जान्दैन कोही पनि।
हाम्रो शासक पो भयो नकचरो, दासी कसैको बनी।।

भागी हिड्छ सधै बिना कसुरको, कैदी बनेको छ जो।
अर्काको इसरा बुझेर चलने, कैदी सरीको त हो।।
बाबाको रिसले बिगार गरदै, आगो लगायो घर।
पोलेको घरको बसेर अहिले, हेर्दैछ पाजी पर।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x