बालकृष्ण खनालसपनाको सम्वाद
तिमीहरूको जीवन रक्षा पनि म अवश्य गर्नेछु तर तिमीहरूले मलाई चिनेनौ भन्दै गइन् । म झल्यास बिउँझिएँ।
बालकृष्ण खनाल :
मेरोघर भन्दा पारिको
हात्ती सुढेको भिर,
तिनदिन सम्मको
मुसलधारे वर्षादको कारण,
धरती गलेर,
पोरसाल डोजरले खनेको
बाटो भन्दा माथिको भाग,
गड ड ड ड पहिराले
बस्ती सहित बगाएर,
आधिखोलामा थुपार्दा,
खोलो थुनिएर
वारिको हाम्रो गाउँलाई सम्म
अशर गर्दा,
केही घर बालुवा
माटो र कंक्रीडले पुरेको थियो।
मैले आँखाले प्रतक्ष
देखेको भएरत होला,
बारमबार त्यो दृष्य
सपना बनेर आइरहन्थ्यो।
मेरो बाल्यकालमा
प्रकृति नाम गरेकी
केटी साथी थिइन्।
उनको १२/१३ वर्षको
उमेरमै मृत्य भएको थियो,
उनको समाधी त्यही पखेरामा
गरिएको थियोअरे,
एकदिन उनै प्रकृतिसँग
सपनामा मेरो भेटभयो
मैले उनी सँग बोल्ने
भरमज्दुर कोसिस गर्दा पनि,
धेरै बेर सम्म म सँग बोलिनन्
मैले धेरै बिन्तीभाउ गर्दा,
मन नलगाइ लागई
किन म सँग बोल्ने कोसिस गर्छौ तिमी।
म साच्चै प्रकृतिमा विलय भैसकेकी प्रकृति हुँ,
म जब मनुष्यको रुप लिएर, तिम्रो गाउँमा जन्म लिएँ,
त्याहा तिमीहरूले ,
मेरो रक्षा गर्न कसेनौ र
र मेरो आत्म म बाट विलय भयो,
अनि म त्यो पारिको पखेरामा बसे।
आ
तिमीहरूले त्याहा पनि मेरो रक्षा गर्न सकेनौ,
मेरो बिचबिच शरीर चिरेर,
डोजर चलायौ बाटो बनायौ,
डोजरको थर्कमानको कम्पनले,
मेरो शरीर कापेर छिन्नभिन्न भयो।
मेरो शरीर को रौ खुर्केर नाङ्गै बनायौ,
मेरा हात खुट्टा काटेर कसैले घर बनायौ,
कसैले पलङ बनायौ,
कसैले झ्याल ढोका बनायौ।
यतिसम्म त ठिकै थियो,
म जसरी तसरी अढिएकै थिएँ,
कसैले म उभिएको
पैतला मुनिको जमिन उत्खनन् गरेर,
ढुङ्गा बेचौ माटो बेचौ पैसा कमायौ,
आफ्नो बिपत आफै निम्त्यायौ।
त्यसैले तिमीसँग बोल्ने मन त थिएन,
तर पनि तिमी बाल्यकाल साथी हुनाले,
तिमीसँग मेरा दु:ख बिसाए,
तिमीहरूले मेरो रक्षा गरेमा,
तिमीहरूको जीवन रक्षा पनि
म अवश्य गर्नेछु तर तिमिहरूले मलाई चिनेनौ भन्दै गैन
म झल्यास बिउँझिए।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest






































