साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कपट पखालेर आऊ

शालीन मुस्कुराएर निम्तो गरिरहेछ चमचमाइरहेकाे निश्छल उज्यालो दृश्यले पर्खिरहेकाे छ हामीलाई तिमी कपट पखालेर आऊ स्वागत गर्छ उज्यालो हामीलाई !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

कस्ताे मान्छे म
आफैलाई चिन्न नसकेकाे रुन्चे
भन्छु केकान म ,हेर्छु पर…पर
आफैलाई नदेख्ने मेरा दुई नेत्र
म प्रयास गर्छु गरिरहन्छु
सबैको प्रिय सज्जन बन्ने
तर
लागिपरेकाे हुँ हातगाेडा चलेदेखि
निरन्तर इमानकाे गट्टा खेलिरहेछु
सङ्घर्षकाे घट्ट चलाइरहेछु
परिणाम पर पर भाग्छ
धेरैले उस्तै देख्छन् मलाई
जस्ता तिनका आँखा छन् !

कसरी भनुँ म छट्पटीमा छु
तिमी सबैको प्याराे ?
जसका आँखा धमिला छन्
खुट्टा मलाई टेकेर अग्लिन्छन्
म बजाइरहन्छु डम्फु मेरै
रमाइरहन्छु ढुक्क छ मन
म ओरालाे हिँडेको मृग हाेइन
उकालोसँग जुधिरहने मान्छे
अवसर दिन्नँ औंला ठड्याउने
तिनीहरू खाेजिरहन्छन्
मसिना छिद्रहरू
तर
म, मेरै बाटाे खुरुखुरु हिँड्छु
मलाई चाहिएको छैन
छानामा हेलिप्याड
म खुरुखुरु दालभातसँग
रमाउन जानेको मान्छे
छैन मसँग नियम मिचेर बहादुर बन्ने दाउपेच
अनधिकृत आय बटुलेर धनी हुने र
सुन्निएर माेटाउने लाेभप्रेमी हाेइन म
जानिराख प्रिये !
मसँग घुस लुकाउने थैलाे
अनि सुन पचाउने भुँडी छैन

भाे कर नगर म ससर्त ठुलाे हुने
सूत्रतिर भौंतारिने अल्बेस्राे परिनँ
म स्वतन्त्र विचरणप्रेमी मान्छे
मलाई * म *हुनु छ विशुद्ध म !
बुझिराख स्वघाेषित सन्तमणि
म तिमी हाेइन
रङराेगन घसेर विद्रुपीकरण
गर्दिनँ म आफूलाई
आफै हिँडेर उज्यालो भेटाउँछु म
नतान तिमी मलाई कतै आफूतिर
म त आफै हिँडेर उज्यालो भेटाउन
हिँडेकाे अविश्रान्त यात्री हुँ
मलाई नखाेज तिमी पर्दाभित्रै
म तिम्रो मधुशालामा भेटिन्नँ
तिम्राे बाटो दम्भले छेकेर
मलाई भेटाउन दिँदैन

म गाेरेटाे हिँडेर देउराली पुग्ने मान्छे
तिम्रो प्रयाेगशालामा नखाेज मलाई
बाेली र व्यवहार नचिन्ने तिमी
कर्म र धर्मकाे सङ्गति नभत्काऊ
बरु म तिमीलाई गन्तव्य
देखाइदिन्छु खुरुखुरु जाऊ
जहाँ निर्बाध सिप चलेकाे छ
श्रम खेलेर इमानसँग रमाएकाे छ
शालीन मुस्कुराएर निम्तो गरिरहेछ
चमचमाइरहेकाे निश्छल उज्यालो
दृश्यले पर्खिरहेकाे छ हामीलाई
तिमी कपट पखालेर आऊ
स्वागत गर्छ उज्यालो हामीलाई !

०००
पर्वत, हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x