साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजाउँछ एकतारे

दाह्रा फुस्काउनेतिर मित्रमण्डलीले कहिलेसम्म साइत पर्खन्छ ? जाइलागेकाे छ निहत्था निमुखा हृदयमाथि हिजाे र आज पनि ...

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

धूर्त छ त्यसैले त मानवअधिकारका कुरा झिक्छ
कति धेरै धूर्त त्यो ठुलाे खाेलापारिकाे कैलाे ?
श्रमिक चुसेर हतियार बनाउँछ त्यसैले मान्छे मार्छ
छिमेकीलाई अर्ती दिन्छ मानव अधिकारकाे रक्षा गर
आफू निहत्था मारेर बहादुर बनेकाे अभिनय गर्छ
कस्तो बाँदरजस्ताे चतुर छ कैले लुच्चाे

कति सिपालु छ है बिच-बिचमा सुतेर भन्छ
मलाई सिरक चाहिँदैन तिमीहरू मिलेर ओढ
एकातिर फर्केर भन्छ उसकाे पूरै जिउ न्यानाे छ
तिम्राे भाग सरक्कै तानेछ भन्दै एकतारे बजाउँछ
कान खाउँला झैँ गरी भन्छ मैले भनेको मान
सिरक तिमीतिर तान्दिन्छु
म तिमीलाई चिसिन दिन्न

नलजाई थप्छ हेर हेर ,
मसँग शकुनि, दुर्याेधन,दुस्शासन छन्
पठाइदिन्छु तिमीकहाँ अलिकति पनि चिन्तै नगर
तिनले खाने मकै पनि आउँछ सँगसँगै कान फुसफुसाउँछ
छेउतिर कठ्याङ्रिँएकाे श्रमजीवी छिमेकीलाई के थाहा
मासु पसलेले बिचराे खसी सुमसुम्याएकाे स्नेह
क्षणिक न्यानो पाएर मख्खिएकाे एउटा छिमेकी खाने
कैलाले अर्को छिमेकीकाे सुुरक्षा खै किन गर्छ ?
बबुराे पत्तै पाउँदैन कि कैलाले पालाे मिलाइराछ
दम्भकाे लौरो टेकेर संवेदना कुल्चँदै छ कैलाे
मैमत्त पर्खालमा उभिएर टाउको निमाेठेपछि
देशको सम्पदा हडप्ने दाउपेच अँगालेर
मान्छेको सरल चेतनामा क्रूर दृष्टिपात
गर्दै आएको कैलाले संरनाहरू तहसनहस पार्छ

वरिपरिका आफन्त मानव अधिकारकाे अङ्कुशमा अल्झाएर
सृष्टि साैन्दर्यका सरल रेखाहरू आफूतिर तानिराछ हिजोदेखि
जीवनका अङ्गहरू थिलथिल्याएर स्वघाेषित बहादुर बन्छ
कत्रो धूर्त पर परबाट चेतनाकाे चिराग बटुल्दै छ
नुन खुवाउँछ, अधीनमा लिन्छ रगत बगाएर सम्पदा लुट्छ

निर्बाध डुक्रन्छ चारैतिर धूर्ताराज त्याे
खाेलापारिकाे बौलाहा साँढे
कलिला अनुहार थिचेर भाेज खान अभ्यस्त छ
सिङ्गै पृथ्वी कब्जामा लिन मच्चिएकाे धुर्त्याइँ
देखे नदेखेझैँ चुपचाप छ वरिपरिकाे मित्रमण्डली
खै किन मित्रमण्डली कैलाेकाे घुच्चुक फुटाउन खाेज्दैन
छिमेकीको घर डढ्नु रमिता हाेइन चेतले किन साहस झिक्तैन
सिङ्गै सृष्टि विनासका लागि दाह्रा उध्याउने कैलाका
दाह्रा फुस्काउनेतिर मित्रमण्डलीले कहिलेसम्म साइत पर्खन्छ ?
जाइलागेकाे छ निहत्था निमुखा हृदयमाथि हिजाे र आज पनि
बिलम्ब भइरहेको छ झिकी काट मौन छ मित्रमण्डली !

०००
पर्वत, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x